राजगढमा ‘ह्वाइट टाइगर’

२५ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

राजगढ, जेठ । बाह्रदशी गाउँपालिका–३ राजगढमा सामाजिक र खेलकुद क्षेत्रको विकासका लागि युवाहरुको सक्रियतामा ह्वाइट टाइगर युवा क्लब गठन गरिएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लब गठन गरिएको हो । क्लबको अध्यक्षमा पंकज आचार्य सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सञ्जीता बस्नेत, सचिव महेश शर्मा, सह–सचिव कुवेरबहादुर गुरुङ र कोषाध्यक्षमा कमला शर्मा चयन भएका छन् ।
त्यस्तै सदस्यमा मनकुमार जवेगू, भुवन ओली, पवित्रा विक र रवीन राई रहेका छन् । त्यस्तै प्रेम घिमिरे, कुशल आचार्य र देवराज भुजेललाई सल्लाहकार समितिमा चयन गरिएको बताइएको छ । क्लबले बाह्रदशी गाउँपालिकाभित्र खेलकुद र सामाजिक क्रियाकलापमा सहभागिता जनाइ खेलकुदको विकास गर्ने बताइएको छ । क्लब गठन समारोहमा बाह्रदशी गाउँपालिका–३का अध्यक्ष वीरेन्द्र राजवंशी, इलाका प्रहरी कार्यालय राजगढका प्रहरी सहायक निरीक्षक राजकुमार भुजेल लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here