राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम

राजगढ, जेठ  मेची आँखा अस्पताल विर्तामोडले चारदिनसम्म बाह्रदशी गाउँपालिका अन्र्तगत राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन सम्पन्न गरेको छ ।


विश्व स्वास्थ्य संगठनको उद्देश्य अनुरुप उपचार तथा सेवको अभावले कोही पनि व्यक्ति दृष्टिविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा राजगढ श्रोतकेन्द्रमा भएको थियो ।
कार्यक्रम विभिन्न लक्षित समुदाय एवंम् समूहलाई लक्षित गरी तयार पारिएको थियो । उक्त ४ दिने कार्यक्रममा ४२ जना शिक्षकहरु, २८ जना महिला स्वास्थ्य स्वंय सेविकाहरु, २० जना स्वास्थ्यकर्मीहरु र ३० जना आमा समूहका सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षण अवधिमा आँखामा बनावट र कार्य, आँखामा लाग्ने रोगहरु र रोकथामका उपायहरु, आँखामा हुने शल्यक्रिया, स्वास्थ्य आँखाका विशेषता, आँखाका आपतकालिन अवस्था र व्यवस्थापन, शिशुको आँखा स्याहार सम्बधि र औषधीको उचित प्रयोग र मुख्यतः गरिब विरामीहरु प्रेषण गर्ने बारे छलफल भएको थियो ।

कार्यक्रम मेची आँखा अस्पताल र बाह्रदशी गाउँपालिकाको समन्वयमा गरिएको थियो । कार्यक्रममा मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोरा र नेत्र सुपरभाइजर कविता कार्की कडरियाले प्रशिक्षण दिइएकोे मेची आँखा अस्पतालका प्रशासक सुरज कुमार रौनिकायरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com