तेस्रो लिङ्गीको कारुणिक कथा ‘जिउँदो आकास’

 

संस्कृति रिजाल

समाज, सामाजिक यथार्थ , सामाजिक दृस्टिकोण, सामाजिक परिवेश र सिंगो सामाजिक चरित्रलाई नाटक ‘जिउँदो आकाश’ले उदाङ्गो पारेको छ । यो नाटक चन्द्रप्रसाद पाण्डेयले लेखेका हु्न् ।

निर्देशन चाहि आर के मेहता रोशनको रहेको छ। नाटकको हिरो अनिल सुब्बा हुन् । युवा रंगकर्मी अनिलको अभिनय तारिफयोग्य छ । यस्तो गम्भीर विषयमा अनिलले जुन अभिनयमार्फत समाजको चरित्र उजागार गरेका छन् त्यो जति तारिफ गरेपनि कम हुन्छ । नाटकमा तेस्रो लिङ्गीको कथपा, पीडा या ताडना जे भनौ त्यसलाई जीवन्त ढंगवाट उजागर गरेका छन् । यो नाटक देशका विभिन्न स्थानमा मन्चन गरिएको छ। विर्तामोडमा पनि हालै मन्चन भयो ।

नाटक हेरिसके पश्चात नाटकको विषयले मेरो दिमाग घुमायो । अनिल सुब्बाको एकल अभिनयले त झनै अचम्मित वनायो । नाटकमा केटा भएर जन्मिएको गौरब (गरिमा), बिस्तारै उमेर बढेसगै उसमा केटिको स्वभाव देखिन थाल्छ । छोरी मान्छेले जस्तै सजावटमा सजिन मन लाग्ने गौरबलाइ छोरी मान्छेका पोशाक लगाउन मन लाग्छ। साथिहरुसग खेल्दा उ केटा भएर भन्दा केटि भएर खेल्न रुचाउछ। उसको हिडाइ, बोलाइ, व्यवहार नचाहेर पनि केटिको जस्तै आइरहेको हुन्छ जसकारण उस्लाइ साथिहरुले जिस्क्याउने र सरहरुले पनि नराम्रो ब्यवहार गर्ने गर्छन। गौरबले आफ्नो उमेर बढेसगै आफू अरुभन्दा फरक रहेको महसुस गर्छ। गौरबलाइ बिस्तारै अरुलाइ झै प्रेम गर्न मन लाग्छ र उ आफ्नो एकतर्फी मनले छिमेकी दिपकसग प्रेम गर्न थाल्छ। दिपक सगको आकर्षण सगै उनिहरु एक अर्कामा प्रेम गर्न थाल्छन। दिपक र गौरबको अगाध प्रेम पश्चात् समाजले नस्विकार्ने डरले दिपकले गौरब सग बिहे गर्न मान्दैन। दिपकले पछि गौरबको मिल्ने साथी रियासग बिहे गर्छ। जसकारण गौरबले आत्महत्या गर्न खोज्छ तर आमाले रोक्छिन। गौरब बाबुको कुरालाइ स्विकार्दै जागिरको लागि आर्मिमा भर्ना हुन जान्छ तर त्यहा पनि अपहेलना पाउछ र अबसरबाट बन्चित हुन्छ। घरपरिवार पनि उसको कारण बेजत्ती भएको कुरा ब्यक्त गर्छन। जुन विषय समाजको लागि चियोचर्चो बन्छ। गौरबले एकदिन आफुजस्तै साथी सिमा भेट्छ। उसले सवै आफ्ना समस्या बताउछ। सिमा सग क्लव (डान्सवार) जान्छ। त्यहाबाट निस्किदा पनि बटुवाको नराम्रो ब्यवहार, उसलाई हेर्ने दृष्टिकोणले उसलाई दुखी बनाइरहेको हुन्छ। घर परिवारको दवावका कारण विहे गर्छ ।

तर, उसको विहे दीगो वन्दैन । श्रीमतीलाई शारीरिक शुख दिन नसक्दाको हिनताले उन ग्रस्त वन्छ । अन्तत: श्रीमतीले उसलाई छाड्छे । अन्त्यमा, पिजडाको परेवा उडाए सगै नाटकको अन्त्य हुन्छ। यसको अर्थ गरिमा स्वतन्त्र भएर वाच्न चाहन्छे । यो घटना तेस्रो लिङ्गी सग सम्बन्धित भएकाले यहाा तेस्रो लिङ्गीको जिबनलाइ देखाइएको छ। नाटक हेर्दा हामिलाइ महसुस भैरहेको हुन्छ,,, उनिहरु प्रत्येक पल आसु, हेपाइ, सहेर बाच्न बाध्य बनिरहेका छन। नाटकमा , जस्तै महिला र पुरुषलाइ छुट्याएर मात्र अबसर दिएका कारण यसले कता कता उनिहरुको मन पोलिरहेको हुन्छ। हाम्रो समाजमा तेस्रो लिङ्गीलाइ स्विकारेको देखिदैन।

जसकारण उनिहरु खुल्न सक्दैनन। उनिहरुले समाजमा अनेकौं दुख, कष्ट खपेको वास्तविक कथालाइ नाटकमा प्रस्तुत गरिएको छ। उनिहरु समाजको जटिलतालाई छिचोलेर अबसर सम्पन्न हुन सकेका छैनन। समाजले उनिहरु माथी गर्ने अपहेलित ब्यवहार, असमानता, अबसरबाट बन्चित, प्रेमबाट बन्चित हुनुपर्ने घटनालाइ जिबन्त प्रस्तुत गरेको छ। नाटक मन्चन भइरहदा, परिवेश अनुसारको ब्यवस्थापन(जस्तै: लाइट, मन्च) नाटकमा पाउन सकिन्छ। त्यसैगरी आमाको सन्तानप्रतिको असिम प्रेमलाइ पनि नाटकमा समेटिएको छ। तेस्रो लिङ्गीका मानिसको भावनात्मक कदर समाजले गरेको छैन,अबसर दिएको छैन,महिला र पुरुषको संस्कारजन्य पासबिकतालाइ जिबन्त बनाइरहेको छ,समाजले तेस्रोलिङ्गीलाई समानता र सम्मानको दृस्टिकोणले हेरिरहेको छैन भन्ने शिक्षा नाटकको कथाबस्तुबाट थाहा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com