प्रजापतिमा पक्की सडक उद्घाटन

४ असार २०७५, सोमबार मा प्रकाशित

लक्ष्मीपुर, कनकाई नगरपालिका वडा नं. १ प्रजापति सडकखण्डमा निर्मित दुर्गापुर–दानाबारी माार्गको काशीचोकदेखि खानेपानीसम्मको कालोपत्रे सडक एक समारोहकाबीच उद्घाटन गरिएको छ ।
उक्त सडकको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । दुर्गापुर–दानाबारी मार्ग कालोपत्रे उपभोक्ता समितिले विगत दुईमहिना अघि प्रारम्भ गरेको सो सडकको १०५०.३ मिटर लम्बाई, ५.१८ मिटर चौडाई र ०.०४ मिटर उचााई रहेको छ ।
५९ लाख ९९ हजार नौ सय ८५ रुपैयाँको लागत रहेको सो आयोजनामा कनकाई नगरपालिकावाट ३० लाख, र प्रजापति सामुदायिक वनवाट वाँकी रकमा निकासा भएको निर्माण समितिका अध्यक्ष डिल्लीरमण भट्टराईले जानकारी दिए ।
सो आयोजनाबाट कनकाई नगरपालिकाका तीन सय एक घरधुरी, अर्जुनधारा नगरपालिकाका एक सय ५० घरधुरी, र इलाम, माइनगरपालिकाका उपभोक्ता समेत लाभान्वित हुने अध्यक्ष भट्टराईले बताए । गत चैत १३ गते सम्झौता भई चैत्र २० गतेबाट निर्माण कार्य शुरु भएको सो सडकखण्ड कनकाई नगरपालिका क्षेत्रभित्र सम्पन्न भएको हो ।
निर्माण समितिका अध्यक्ष डिल्लीरमण भट्टराईको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रजापति सामुदायिक वनका अध्यक्ष सूर्यकुमार थापा, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र कार्की, वडाध्यक्ष रोशनराज पोखरेल, निर्माण समितिका सचिव दुर्गाप्रसाद निरौला लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here