झापामा तहगत शैक्षिक सामग्री प्रदर्शनी

४ असार २०७५, सोमबार मा प्रकाशित

लक्ष्मीपुर, झापा गाउँपालिका शिक्षा शाखाको आयोजनामा स्रोतकेन्द्रस्तरीय तहगत प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनी गरिएको छ ।
डिल्लीराज माध्यमिक विद्यालयस्थित स्रोकेन्द्रमा भएको कार्यक्रममा गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुद्वारा निर्मित प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो ।
स्रोतकेन्द्र विद्यालयका प्रधानाध्यापक भगदेव राजवंशीको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन स्रोतव्यक्ति खड्ग खरेलले गरेका गरेका थिए ।
कार्यक्रममा कुवाडीदेवी माविले जियोवोर्ड, परमाणु मोडल र हाइड्रोलिक क्रेन, भृकुटी आधारभूत विद्यालयले चन्द्रमाको कला र ठोस आकृति, सिमलवाडी आधारभूत विद्यालयले ढिकी र पानीजहाज, जगदम्बा आधारभूत विद्यालयले पुतलीको जीवनचक्र, सरस्वती आविले जियोवोर्ड, जनकल्याण माविले बिरुवाको विभिन्न भागको चित्र, मौरीको जीवनचक्र, पाचनप्रणालीको चित्र, त्रिभुवन आविले ढिकी र घर, डिल्लीराज माविले डुंगा र रोबोट, रामजानकी आविले एकदलीय र दुईदलीय बिरुवा, वन्डर लाइफ एकाडेमीले पर्यावरण संरक्षण सम्बन्धी चित्र, आदर्श जनता आविले विरुवाको भागहरुको चित्र, जनता माविले तराजुबाट समीकरण हल, नमूना आधारभूत विद्यालयले अष्ट्रिच, आँप, फूल र च्याउ, टाइनी टट्स माविले डोजर र बगैंचाको चित्र प्रदर्शन गरेका थिए ।
त्यस्तै अमरसिंह आधारभूत विद्यालयले सूर्य ग्रहणको चित्र, महेन्द्र आधारभूत विद्यालयले हाइड्रोलिक पुल, जुडो आधारभूत विद्यालयले लालीगुराँसको फूल, लक्ष्मी प्राविले डोको र हलो, सिनुमारी आधारभूत विद्यालयले आँपको चित्र, जयपाथीभरा विद्यालयले अडियो प्रोजेक्ट, चन्द्रज्योति प्राविले भूकम्प सम्बन्धीको चित्र, भानुभक्त आधारभूत विद्यालयले पिंजडाको सुगा, चप्रामारी आविले हलो र गौतमवुद्ध माविले आलुबाट विद्युत् उत्पादन सम्बन्धी प्रविधिको चित्र शैक्षिक सामग्रीकोरुपमा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा माध्यमिक तहबाट डिल्लीराज मावि, कुवाडीदेवी मावि र वन्डरलाइफ मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यस्तै निमा तहवाट डिल्लीराज मावि, जनता मावि, र चन्द्रज्योति मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने प्राथमिक तर्फ अमर प्रावि प्रथम, डिल्लीराज मावि द्वितीय र जनता मावि तृतीय भए । मावितर्फको सान्त्वना पुरस्कार साइनिटक स्कूल, निमा तर्फ सान्त्वना पुरस्कार वन्डरलाईफ मावि र प्रावितर्फ को सान्त्वना पुरस्कार जयपाथीभरा स्कूललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी, टीका प्रसाद कट्टेल, मणिराज गणेश, हेमबहादुर कार्की, प्रशासकीय अधिकृत चोलाराज दंगाल, लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here