बिरामीले नयाँ जीवन पाउँदा डाक्टर पनि हर्षित

बिर्तामोड, करेन्ट लागेर गम्भीर भएका झापा बिर्तामोड–१का २५ वर्षीय यादव लिम्बू बाँच्दा उनको परिवार जति खुशी थियो, त्यो भन्दा धेरै खुशी थियो उनलाई जीवन दिने अस्पताल प्रशासन र चिकित्सक ।


करेन्ट लागेर मुटुको चाल नै बन्द भएको अबस्थामा उपचारका लागि अस्पताल ल्याई पु¥याइएका लिम्बूको सफल उपचारपछि शुक्रवार ‘डिस्चार्ज’ गर्दा उनको उपचारमा संलग्न चिकित्सक हर्षित थिए । गत जेठ २३ गते लिम्बूलाई करेन्ट लागेर उपचारका लागि पूर्णटुङ्ग बिर्तासिटी अस्पताल ल्याइएको थियो । ‘करेन्ट लागेर अस्पताल ल्याई पु¥याउँदा लिम्बूको मुटुको चाल बन्द थियो’– उनको उपचारमा सम्लग्न चिकित्सक पुष्पक रेग्मीले भने– उनी बाँच्छन् भन्ने कसैले आशा गरेका थिएनन् । हामीलाई पनि उनी बाँच्ने आशै थिएन, तर हाम्रो चिकित्सकको टिमले एक जुट भएर उनको आकस्मिक उपचार शुरु गरेको थियो, आज उनी बाँचेको देख्दा म नै अहिले दंग छु ।’
सामान्यतया मानिसको मुटुको चाल तीन मिनेटसम्म बन्द भएको अवस्थामा आकस्मिक उपचारपछि उसको मुटुको चाल यथास्थितिमा फर्काउन सकिन्छ तर मुढो अवस्थामा ल्याइपु¥याइएका लिम्बूको मुटुको चाल फर्काउन निक्कै समय लाग्यो डा. रेग्मीले भने– कृत्रिम श्वासप्रश्वासको माध्यमबाट हाम्रो अथक प्रयासले उनको सफल उपचार भएको छ, म यसैमा खुशी छु ।
तीन मिनेटभन्दा बढी समयसम्म मुटुको चाल बन्द भएको अवस्थामा विरामीलाई व्रेन हेमरेज हुनसक्छ भन्दै डा. रेग्मीले भने– ‘करेन्ट लागेका यादवको पनि मुटुको चाल बन्द थियो, हामीले उनको मुटुको चाल कति बेलाबाट बन्द भएको त्यो हेरेनौं तत्काल उपचार शुरु गरेकाले उनको चेतना गुम्न पाएन– उनले भने– उनी भाग्यमानी रहेछन्, अहिले ‘नर्मल’ अवस्थामा फर्किएका छन् ।’ निर्माणाधीन घरमा पानी लगाउन मोटर जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्नासाथ अस्पताल ल्याई पु¥याए पनि उनको मुटुको चाल बन्द थियो– डा रेग्मीले भने– डा. अनिल बस्नेतसहितको टोलीले तत्काल उपचार शुरु गरेकाले आज उनी बाँच्न सफल भएका छन् । माया मारिसकेका यादवले नयाँ जीवन पाएकोमा उनको परिवार खुशी हुनु स्वभाविक नै हो तर, उनको उपचारमा खटिएका सिङ्गो चिकित्सकको टोली नै हर्षित रहनुले पनि उनको अवस्था ‘क्रिटिकल’ रहेको सहजै अनुमान गर्न सकिन्छ ।
यादवले नयाँ जीवन प्राप्त गरेपछि उनका भाइ अभिषेक लिम्बूले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । दाजुलाई अस्पताल ल्याए पनि दुई दिनसम्म उहाँ बाँच्ने अत्तो–पत्तो थिएन– अभिषेकले भने– ‘डाक्टरको अथक प्रयासपछि अहिले उहाँ बाँच्न सफल हुनुभएको छ, अस्पताल र चिकित्सकलाई जति धन्यवाद दिए पनि पुग्दैन ।’
अस्पतालका मेडिकल डाइरेक्टर डा. बस्नेतको नेतृत्वमा रहेको चिकित्सकको टोलीले यादवको उपचार शुरु गरेको थियो । उनको उपचारका लागि इमरजेन्सी फाँटमा कार्यरत चिकित्सकसहित एनेस्थेसिया डा. रेग्मी, डा. शरद भट्टराई, डा. सन्दीपचन्द्र श्रेष्ठ, डा. निखिल अग्रवाल लगायतको उत्कृष्ट पहलबाट उनले नयाँ जीवन पाएको अस्पतालका प्रबन्धक बिनोद बस्नेतले बताए । उनले भने– उनको जीवन बाँच्नुमा प्रत्येक सेकेन्डको महत्व छ, सबै चिकित्सकले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, म उहाँहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।
लिम्बू अस्पतालमा उपचाररत् प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैले यही अवस्थाबाट फर्किएर नयाँ जीवन बिताइरहेका छन् । लिम्बूको उपचारमा सम्लग्न चिकित्सक रेग्मीले भने– धेरै जसो यस खाले बिरामी सर्प दंशका आउँछन् उनीहरु बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com