वीरता जेसीज तेस्रो पटक पनि उत्कृष्ट शाखा

बिर्तामोड , नेपाल जेसीजले झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी ‘जेसीज अफ द मन्थ मे २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ ।
नेपाल जेसीजले वीरता जेसीजलाई यसअघि पनि ‘जेसीज अफ द मन्थ फेब्रुअरी र ‘जेसीज अफ द मन्थ अप्रिल को अवार्ड प्रदान गरिेसकेको छ ।
नेपाल जेसीजले वीरता जेसीजलाई पाँच महिनाको अवधिमा पुनः तेस्रोपटक उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको हो ।
गत फेबु्रअरी १२ मा वीरता जेसीजका अध्यक्ष एकराज गिरी नेतृत्वको टिमले वीरता जेसीजको नेतृत्व सम्हालेपछि सामाजिक तथा मानवीय सेवा र व्यक्तित्व तथा नेतृत्व विकासको क्षेत्रमा गरेको विभिन्न उत्कृष्ट कार्यलाई नेपाल जेसीजले मूल्यांकन गर्दै आएको छ ।
वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ मे २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेकोमा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले शाखालाई थप हौसला र आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएको बताए ।

उनले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल, क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायत नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुप्रति आभार व्यक्त गरेका छन् ।.
त्यस्तै उनले वीरता जेसीजको यो उत्कृष्ट कार्यका लागि भूमिका निर्वाह गर्ने सन् २०१८ को बोर्ड, संयोजकहरु,सदस्यहरु,संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यकासाथ क्रियाशील रहन आग्रह गरेका छन् ।
नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘क’ मा ३७ वटा शाखा रहेका छन् । नेपाल जेसीजले हरेक महिना कार्यसम्पादनको आधारमा उत्कृष्ट शाखा चयन गरी पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com