ठेकेदार पिच्छे फेरिन्छ कन्काई पुलको लम्बाई

‘फिता लाएर त हामीले पनि नापेका छैनौं’: सडक डिभिजन कार्यालय

गौरव पोखरेल

Kanakai Brigde board of now झापा, झापाको कन्काई पुलको लम्बाई कति हो ? तपाईँहरुको उत्तर हुन्छ, ७ सय ३ मिटर । विद्यार्थीहरुलाई हाजिरीजवाफ प्रतियागितामा पनि प्रायः सोधिने प्रश्न हो- नेपालकैै लामो पक्की पुल कुन हो ? र, यसको लम्बाई कति हो ? सही उत्तर ७ सय ३ मिटर नै हुन्छ  । यही उत्तरले विद्यार्थीहरु अङ्क प्राप्त गर्छन् ।

तर, अहिले पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकालाई जोड्ने कन्काई पुलमा जाने हो भने त्यहाँ रहेको वोर्डमा अर्कै तथ्याङ्क भेटिन्छ । त्यहाँ पुलको लम्बाई ७ सय २ मिटर भनिएको छ ।

यति मात्र होइन,वर्षै पिच्छे अथवा दुई वर्षमा एकपटक पुनः लेखन गरिँदै आएको यस तथ्याङ्क समय समयमा फरक फरक राखिने गरिएको छ । सडकको हेरचारमा खटिएका स्थानीय पहरेदार डिल्लीप्रसाद खरेलका अनुसार विभिन्न समयमा पुलको लम्बाई फरक फरक राखिने गरिएको हो । उनी भन्छन्, ‘शुरुमा ७ सय ३ लेखिएको थियो । त्यसपछि एकपटक ७ सय २ दशमलब ५० लेखियो । अहिले ७ सय २  लेखिएको छ ।’

यसरी यो पक्की पुलको लम्बाई जानकारी वोर्डमा पुनः लेखन गर्दै पिच्छे भिन्नभिन्न लेखिँदै आएको छ ।

भारतीयको प्रोजेक्ट

तत्कालिन भारत सरकारको आइसिएएम प्रोजेक्ट अन्तरगत यो पुल बनेको हो । वि.सं. २०२७ सालदेखि यो पुल बनाउन शुरु गरिएको थियो । ०२५ सालमा भारतबाट आइसिएएम नेपालमा काम गर्न आयो । अहिले इटहरीमा शान्ति शाही सेना बसेको ठाउँमा प्रोजेक्टरको कार्यालय थियो ।

तत्कालिन समयदेखि नै पहरेदारको रुपमा काम गरेका थिए, डिल्लीप्रसाद खरेलले । उनका अनुसार प्रोजेक्टले त्यति वेलादेखि नै सर्भे शुरु गर्‍यो । माटो परिक्षण गर्ने कम्पनीले पनि माटो परीक्षण गरी सक्यो । र, पुल बनाउन उपयुक्त ठाउँ त्यसलाई ठहरर्‍यायो । तत्पश्चात्, ०२७ सालदेखि पुल बनाउन शुरु भएको थियो ।  भारतको यो प्रोजेक्टले नेपाल सरकारलाई पुल हस्तान्तरण गर्दा लम्बाई ७ सय ३ मिटर नै लेखिएको खरेलको भनाइ छ ।

‘नापमा लापरबाही’

कन्काई माईमा यो पुल बन्न शुरुवात् भएसँगै काम शुरु गरेका खरेल यसरी विभिन्न तथ्याङ्कहरु लेखिनुलाई ‘नापमा लापरबाही’ भएको बताउँछन् ।

‘ठेकेदार नै पिच्छे फरक तथ्याङ्क हुन्छ ।’, खरेलले भने, ‘फिता तान्दा लापरबाही भएर यस्तो भएको हुनुपर्छ ।’ उनले थपे, ‘लम्बाई घटीबढी त हुँदै हुँदैन । तर, फिता एकुरेट नतानेकोले यस्तो भएको हुन सक्छ ।’ ‘दिन गए, पैसा आए’ भन्ने सोच राख्नाले पनि यस्तो हुन गएको सडकमा काम गर्नेहरुको भनाइ छ ।

लम्बाई ७ सय ३ मिटरः कर्मचारी

उनी हाँसे । र, भने, ‘फिता लाएर त हामीले पनि नापेका छैनौं

सडक डिभिजन कार्यालय, दमक अन्तरगत यहाँ रङ्ग लगाउने र वोर्ड लेखन गर्ने काम हुन्छ । त्यहाँका सूचना अधिकारी मदन मोहन सिंहलाई अनलाइनखबरले सम्पर्क गरी कन्काई पुलको लम्बाई सोध्यो । उनले ‘७ सय ३’ नै जवाफ दिए ।

‘तर, पुलमा भएको वोर्डमा ७ सय २ लेखिएको छ नि ?’ हामीले प्रश्न गर्‍यौं । उनी हाँसे । र, भने, ‘फिता लाएर त हामीले पनि नापेका छैनौं ।’ निक्कै सजिलो तरिकाले जवाफ दिए उनले । तर, पुनः प्रश्न गर्दा उनले भने, ‘एक्सटिङ्सन ब्ल्याङ्क कसैले नाप्छन् । कसैले नाप्दैनन् ।’

‘कसैले ‘ब्याक वाल’ सहित नाप्छन् ।’, उनले थपे, ‘कसैले ‘एप्रोक्सिमेट’ नाप पनि निकाल्छन् । त्यसैले फरक पर्न गएको हुन सक्छ ।’

पुल मुनिबाट ट्याक्टरमा बालुवा

शुुक्रबार दिउँसो कन्काई पुलमा पुग्दा, त्यहाँ एउटा ट्याक्टर बालुवा झिकी रहेको थियो । त्यसको केही समय पछि हामीले सडक डिभिजन कार्यालय, दमकमा सम्पर्क गरी यसको बारेमा सोध्यौं । उनीहरुले नदीमा भएको पुलको ५ सय मिटर माथि र तलबाट बालुवा झिक्न नपाइने बताए ।

तर, यहाँ दिउँसै खलेआम एउटा ट्याक्टरले बालुवा झिकिरहको छ नि भनेर प्रतिप्रश्न गर्दा कार्यालयका सूचना अधिकारी सिंहले भने, ‘यसमा चाहीँ हामीले एक्लै काम गर्न गाह्रो छ । बैठक बसेर यस विषयमा छलफल भएको थियो । प्रशासन र प्रहरीको सहयोगमा काम गर्ने निष्कर्ष निकालिएको थियो ।’

उनले थपे, ‘डिभिजन कार्यालयबाट प्रशासनलाई जानकारी गराउने र त्यहाँबाट नजिकैको इलाका प्रहरी कार्यालयलाई जानकारी गराएर रोक्ने प्रयास हामी गर्ने छौं ।’

२०२५ सालदेखि सडकको पहरेदारी !

पूर्व पश्चिम राजमार्ग अन्तरगत सानो केर्खादेखि जामुनबारीसम्मको सडक खण्डको यात्रा गर्दा प्रायः एउटा ज्येष्ठ नागरिकको अनुहार देखिन्छ । उनी बाटोमा डुलिरहेका हुन्छन् । कहिले बाटोमा रङ्ग गर्दै गरेको वेलामा उनलाई देखिन्छ, कहिले अन्य विभिन्न किसिमका काम गर्दै गर्दा उनलाई देखिन्छ ।

०२५ सालदेखि उनी यो सडकको पहरेदारको रुपमा काम गर्दै आएका छन् । काम गर्न थाल्दा उनको माहिलो छोरा जन्मिएकै थिएनन् । अहिले ती छोराले डिग्री पूरा गरिसके । तर, यी ज्येष्ठ बुबा भने सडकमै काम गरिरहेका छन् । यी व्यक्ति हुन्- डिल्लीप्रसाद खरेल । उनी शिवसताक्षी नगरपालिका, दूधे बजारमा बस्छन् ।

भारतको आइसिएएम प्र्रोजेक्ट शुरु भएदेखि नै उनले यो बाटोमा काम गर्न थालेका हुन् । अहिले ४८ वर्ष वितिसक्यो । अझै यहीँ काम गरिरहेका छन् । उनलाई यो सडकको निक्कै माया छ ।

सडकमा यत्तिका वर्षसम्म काम गर्दा उनले विभिन्न किसिमका दुर्घट्नाहरु देखे । शुरुमा उनी सवारी चालक बन्न चाहन्थे । सिक्ने तयारीमा पनि थिए । तर, जब एउटा दुर्घट्ना उनले देखे, तब उनको विचार नै बदलियो । एउटा विभत्स दुर्घट्ना थियो त्यो । जसका कारण उनले चालक बन्ने आफ्नो सोचलाई नै आहुति दिए ।

सरकारले वास्ता गरेन

सडकमा हुने ‘सेतो लाइन’ को अर्थलाई बुझ्दा-बुझ्दै पनि कार्यान्वयन नगर्दा उनलाई दुःख लाग्छ । ‘यो लाइन भएको ठाउँमा ओभरटेक गर्नु नहुने हो ।’, उनले दुखेसो पोखे, ‘तर, चालकहरुले थाहा भएर पनि यसको पालन गरिरहेका छैनन् ।’ जेब्राक्रसिङ्गको पनि सही रुपमा प्रयोग नभएको भन्दै उनी गुनासो गर्छन् ।

धेरै समय बाटोकै लागि काम गरेपनि सरकारले भने खासै आफूहरुलाई सेवा सुविधा नदिएको खरेलको भनाइ छ । ४८ वर्ष अघि भारतीय प्रोजेक्टमा काम गर्दा उनको तलब प्रति दिनको ४ रुपैयाँ ५० पैसा थियो । अर्थात्, मासिक १ सय ३५ रुपैयाँ । अहिले उनको तलब १४ हजार २ सय पुगको छ ।

सडकमा काम गर्नु निक्कै जोखिमपूर्ण हो । शुरुवाती दिनमा त उनले कहिल्यै विदा पनि पाएनन् । तर, देशमा गणतन्त्र आएपछि दशैंमा ४ दिन र तिहारमा ३ दिन विदा हुन थाल्यो । साथै, शनिबार पनि विदा हुन शुरु भयो ।

आफूलाई दुर्घट्नाको जोखिममा राखेर उनले यत्तिका वर्ष करारमा काम गरिरहेका छन् । उमेरले ७६ पुग्यो । अझै उत्साहमा भने कमि छैन ।

तर, आफूहरु जस्ता ६० वर्ष नाघेकाहरुलाई सरकारले राहत सहित विदा दिए हुन्थ्यो भन्ने उनको सोचाइ चाहिँ छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com