सिपलाई व्यवहारमा उतार्न आग्रह

१५ श्रावण २०७५, मंगलवार मा प्रकाशित

बिर्तामोड, साउन । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
प्रगति र विकासको लागि महिला संस्था बिर्तामोड–५ को आयोजना तथा समाज कल्याण परिषद् काठमाडौंको आर्थिक सहयोगमा भएको उद्घोषण तालिम समापन कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।
संस्थाकी अध्यक्ष धनकुमारी पराजुलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य नन्दादेवी तिम्सिनाले स्वागत गरेकी थिइन् ।
संस्थाकी सचिव दमन्ता अधिकारी खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, कमला थापा मगर, प्रशिक्षक केशव भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा तालिमका सहभागीहरु नविना विश्वकर्मा, कृतिका खतिवडा, मिना कुँवर र देशमाया बेघाले तालिम फलदायी भएको बताएका थिए ।
कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीको रुपमा कृतिका खतिवडा, तालिमका प्रशिक्षकहरु पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यस्तै तालिममा ६० जना महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएज्ञको थियो । कार्यक्रममा बिर्तामोड वडा नं. ५ का वडासदस्यहरु डिआर कडरिया, लक्ष्मी बाँस्कोटा, हर्कमाया विक, वडा कार्यपालिका सदस्यहरु सुरेन राजवंशी, भावना घिमिरे, महिला मानव जागरण अभियानकी केन्द्रीय अध्यक्ष पुष्पा दाहाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव जानुका गिरीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here