भन्सार अगाडिबाटै ठेलामा लोड गरिएको सामग्री बरामद

१५ श्रावण २०७५, मंगलवार मा प्रकाशित

भद्रपुर, साउन । ड्युटीमा खटिएका प्रहरी र कर्मचारीको आपसी सहमतिमा व्यापारीले भन्सार छलेर भित्र्याउन खोजिएको सामग्री बरामद गरिएको छ ।
भारतको गलगलिया नाकाबाट भित्र्याइएको सामग्री ठेला भेनमा लोड गरी व्यापारीले भद्रपुर भन्सार कार्यालय अगाडिबाट लैजाने क्रममा सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुले जानकारी दिए ।
उनले भने– शनिवार सरकारी बिदा, त्यसमाथि भन्सारभित्र हाल्नुपर्ने सरसामान भन्सारको मुल गेट कटाएर अगाडि लगिसकेको अवस्थामा बरामद भएको हो । सामान कटाउने चलखेलमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको संलग्नता भए संगठनको कानून बमोजिम कारवाही हुन्छ ।
यता वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी निरीक्षक प्रकाशकुमार जगेवूका अनुसार पानी परेको मौका छोपी सामान लैजान खोजेपछि संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको बताए ।
सरकारी विदाको मौका छोपी भन्सार अगाडि ड्युटीमा खटिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आपसी समझदारीमा लोड गरिएको भेनसहितको सामान भन्सार अगाडिबाटै पठाइएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले दावी गरेका छन् । भन्सार अगाडिबाटै सामग्री लैजान खोजिएपछि भन्सार अगाडि व्यापारी र प्रहरीबीच केही बेर तनाव उत्पन्न भएको थियो ।
यता ठेलामा लोड गरिएको सामग्रीमध्ये एक पोका लत्ताकपडा र दुई कार्टुन पित्तलको दियो रहेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । बरामद गरिएको सामग्रीको मूल्य नखुलेपनि अन्दाजी एक लाख मूल्य बराबरको हुन सक्ने जनाइएको छ ।
त्यसैगरी तीन अघि मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भद्रपुर–५ स्थित मसानघाट क्षेत्रमा लुकाईछिपाई राखेको अवस्था करिव एक लाख मूल्य बराबरको लत्ताकपडा समेत बरामद गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here