टेकबहादुर गिरी बसपार्कलाई व्यवस्थित बनाइने

खुदुनाबारी, साउन । अर्जुनधारा र विर्तामोड नगरपालिका नगर प्रमुखले टेक बहादुर गिरी बसपार्क तथा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटनसहित डस्टबीन व्यवस्थापन कार्यक्रममा अर्जुनधारा नगरपालिका नगर प्रमुख हरि कुमार राना र विर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटीले उक्त कुरा बताएका हुन् ।
बसपार्क तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बसपार्कबासी सक्रिय भएर सहकार्य गर्दा सफा, सुन्दर र समृद्ध नगर हुनेमा उनीहरुले विश्वास व्यक्त गरे । बिर्तामोड नगरका प्रमुख शिवाकोटीले बसपार्कमा समितिले संकलन गरेको रकम सही सदुपयोग हुने नपुगेमा नगरपालिकाले पनि प्रदान गर्ने बताए ।
यता अर्जुनधारा नगरपालिका प्रमुख रानाले फोहोरलाई मोहोरमा रुपान्तरण पु¥याउन केही ध्यान दिनुपर्ने बताए । स्थानीय समितिले लिएको योजनामा आफू सधैं रहने उनले बताए । कार्यक्रममा २५ वटा फोहोरमैला व्यवस्थापनका लागि डस्टबीन अर्जुनधारा नगरले वितरण समेत गरेको थियो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालाले मानवीय शोषण गरेर धनआर्जन गर्ने व्यक्तिको लागि प्रहरीले नछाड्ने बताए । त्यस्ता कार्यमा प्रहरीले साँठगाँठ गरेको जानकारी आफूलाई प्राप्त हुन साथ कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे । पूर्वको नमूना बसपार्क विकास गर्न सकिन्छ– बसपार्क समितिका शिव पौडेलले भने । बजारको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउनुपर्ने बताए ।
बिर्तामोड नगरपालिका वडा–५का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा नारी कल्याण झापाका सचिव प्रेमा भट्टराई, शंकर ढुंगेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com