प्रहरी सुरक्षामा भन्दा होटलमा केन्द्रित

बिर्तामोड, साउन । समाजमा शान्ति सु–व्यवस्था कायम गर्ने प्रहरीको प्रमुख जिम्मेवारी हो । तर, आफ्नो कर्तव्यलाई भुलेर इलाका प्रहरी कार्यालय बिर्तामोड शान्ति सुरक्षामा भन्दा कमाउ धन्धामा बढी केन्द्रित भएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा यसअघि आएका प्रहरी प्रमुखले कार्यालयमा हाजिर भए लगत्तै शान्ति सुव्यवस्था नै खल्बल्याउँदै होटलमा छापा मारेर व्यवसायीलाई आतंकित पार्दै रकम असुलेको आरोप लागेको थियो ।
बिगतकै प्रहरी प्रमुखको झल्को दिने गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा दश महिना अघि हाजिर भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णप्रसाद कोइरालाले समेत यस्तै हर्कत देखाएको होटल व्यवसायीहरुले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरी यौन जन्य गतिविधिमा सम्लग्न रहेको भन्दै सार्वजनिक मुद्दा दर्ता गराएको एक किशोरीले जिल्ला कारागार झापामा वेवारिसे बच्चा जन्माएसँगै होटल सञ्चालकहरुको आरोप पुष्टि भएको हो ।
गत चैत १ गते बिर्तामोडस्थित मेची होटलबाट पक्राउ परेकी किशोरीले थुनामै रहेको अवस्थामा मेची अञ्चल अस्पतालमा छोरी जन्माएकी थिइन् । उनलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय झापामा केही सार्वजनिक अपराध ऐन सम्वन्धी मुद्दा चलाएको थियो भने जिल्ला प्रशासन कार्यालयले ती किशोरीसँग ५ हजार रुपैयाँ धरौटी रकम माग गरेको थियो ।
तर, गर्भवती किशोरीले प्रशासनले तोकेको धरौटी रकम वुझाउन नसकेपछि उनी जिल्ला कारागार चलान भएकी थिइन् । शिशुको बाबुको पहिचान खुल्न नसकेपछि ती किशोरी अहिले पूर्ण रुपमा साहराविहीन बनेकी छिन् ।
साहराविहीन भएकी उनको उद्धारका लागि प्रहरी नै सामाजिक संघ–संस्था गुहार्दै आएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कोइरालाले बिर्तामोडमा रहेको समुन्नत नेपाललाई ती किशोरीको उद्धारका लागि आग्रह गरिएको बताए । उनले भने– ‘अनैतिक गतिविधिमा संलग्न उनलाई हामीले पक्राउ गरी जिल्ला प्रशासन वुझाएका थियौं, उनी गर्भवती रहिछन्, उनले जेलमै बच्चा जन्माइन, साहराविहीन उनको उद्धार गर्ने दाताको खोजीमा छौं हामी ।’
पहिलोपटक प्रेमीसँग होटल आएकी उनी होटलमै पक्राउ परेपछि बाध्यतावस उनले यो पेशा अंगालेको बताइन्छ । आफ्ना प्रेमीले आफूलाई न अंगालेपछि बाध्य भएर यो पेशामा संलग्न भएको बताउँदै उनले भनिन्– यस अघि पनि तीनपटक पक्राउ परेकी थिएँ । यस पटकचाँहि धरौटी नै वुझाउने रकम नभएर जेलमा आएँ ।
प्रहरीले उनी मात्र होइन बिर्तामोडका अधिकांश होटलमा खाजा खान आएका जो कोहीलाई समेत जवरजस्ती पक्राउ गर्दै यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा केही सार्वजनिक अपराध ऐनमा मुद्दा दर्ता गर्ने गरेको पीडितहरुको भनाइ छ । होटलमा सँगै बसेर कोही महिला पुरुष खाजा खाइरहेका रहेछन् भने सोधखोज नै नगरी प्रहरीले जवरजस्ती उठाएर लाने गरेको छ– पक्राउ परेका एक व्यक्तिले भने– यो प्रहरीको ज्यादति हो । सवैको व्यक्तिगत स्वतन्त्रता हुन्छ भन्दै उनले भने– होटलमा छिर्ने जो कोही गलत मानसिकताले पसेको हुँदैन, प्रहरीले नियत नै गलत राखेर हामी जस्ता सर्वसाधारणलाई पक्राउ गर्छ । आफू पनि विना कारण प्रहरीको नजरमा अपराधी भएको बताउँदै उनले प्रश्न गरे– ‘खाजा खान के अब प्रहरीलाई सोधेर होटल छिर्नुपर्ने हो ?’
एकपटक छापा मारेको होटलमा प्रहरीले छापा नमार्ने र लेनदेन नमिले मात्रै दोहो¥याएर सो होटलमा छापा मार्दै आएको छ – अर्का एक व्यवसायी भन्छन्– ‘बिर्तामोडमा जो प्रहरी आए पनि त्यसको निशाना हामी व्यवसायी बन्दै आएका छौं ।’
त्यसो त प्रहरीले बिर्तामोडका विभिन्न होटलबाट दिनहुँजसो यौनजन्य क्रियाकलापमा संलग्न भएको भन्दै होटल सञ्चालकसहित केहीलाई नियन्त्रणमा लिँदै आएको छ । पक्राउ परेकामध्ये केहीलाई मात्रै छाड्ने गरेको छ । प्रहरीले केही होटल सञ्चालकलाई मानव वेचविखन मुद्दामा सक्रिय रहेको भन्दै मुद्दा समेत चलाएको छ । जसका कारण केही होटल व्यवसायी अहिले कारागारमा छन् ।
प्रहरी स्रोतका अनुसार अघिल्लो आर्थिक वर्ष होटलबाट झण्डै सयको हाराहारीमा होटल सञ्चालकसहितका महिला पुरुषलाई पक्राउ गर्दै सार्वजनिक मुद्दा दर्ता गरेको छ । यो आर्थिक वर्ष पनि प्रहरीले त्यसैलाई निरन्तरता दिँदै रकम नदिने होटलबाट होटलमा आएका ग्राहकलाई जवरजस्ती उठाउने गरेको होटल व्यवसायीहरुको आरोप छ ।
यस अघि पनि डीएसपी कोइरालाले एक ब्यक्तिको हत्या अनुसन्धान गर्न पहिले जग्गा पास गर्नुपर्ने हर्त राखेको सार्वजनिक भएको थियो ।
त्यस्तै सोही प्रकरणमा डीएसपी कोइरालासहितका प्रहरीले मोटो रकम असुलेको आरोप लागेपछि बरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानविन समिति बनेको थियो । तर, डीएसपी कोइरालाले केन्द्रमै पुगेर छानविन रोक्न राजनीतिक चलखेल गरेपछि हाल सम्म समितिले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । त्यस्तै आर्थिक लेनदेनमा डीएसपी कोइराला स्वयम् मुछिएपछि सामाजिक र नैतिक रुपमा धमिलिएको आफ्नो छविलाई सुधार्ने वहानामा

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com