सकारात्मक सोचको शक्ति

१५ श्रावण २०७५, मंगलवार मा प्रकाशित

 

संस्कृति रिजाल
सकारात्मक परिवर्तन एउटा पल, समय, मिनेट र क्षणबाट निर्धारण हुन्छ।बिगतमा धेरै त्यस्ता क्षणहरु थिए, जुन क्षणमा गरिएको निर्णयले बर्तमानको स्वरुप परिवर्तन गरिदिएको छ। हिजोको इतिहास, आजको बर्तमान र भोलिको भबिष्यलाई सकारात्मक सोचले परिवर्तन गर्न सक्छ। सबै कुरा भर पर्छ सोचमा, सोच अनुभबमा, सोच दृस्टिकोणमा, सोच चिन्तनमा। फरक सोच, फरक बिचार , फरक धारणा र फरक आस्थाका ब्यक्तित्व कर्ण शाक्य। जसलाइ कुनै राजनीतिले रङ्गाएको छैन, कुनै सिद्धान्तले सताएको छैन, कुनै धार्मिक संङ्किणताले पिरोलेको छैन। त्यसैले भाषा, जात र धर्मको संकुचित पर्खाल बनाएर आफ्नो मनको फराकिलो मैदानलाइ साँघुरो बनाउनु हुदैन भन्ने बिचारलाइ अभिब्यक्त गरि लेखिएको पुस्तक, ुसोचु । सोच पुस्तक कर्ण शाक्य बाट लिखित पुस्तक जहाँ उनका ब्यक्तिगत अनुभव, संघर्ष पाउन सकिन्छ। जुन समग्र नेपालीका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ। मैले भखर सोच पुस्तक पढ्ने मौका पाए। मैले आज सम्म पढेका कृति मध्ये सबैभन्दा रोचक, साहसिलो, प्रेरणामुलक पुस्तकको रुपमा पाए, ुसोचलाइु। पर्यटन पेशामा आबद्ध लेखक कर्ण शाक्य जसले रास्ट्र पर्यटन परिषद, लुम्बिनी बिकास कोष, बिपि क्यानसर अस्पताल, रेडियो पर्यटन समिती, नेपाल टेलिभिजन बोर्डजस्ता थुप्रै संस्थामा आफ्नो पदिय जिम्मेवारी निभाएका छन। लेखकले भ्लअयगलतभच धष्मि षिभ, त्बभिक या प्बतजmबलमग , म्यउिब तजभ धयचमि दभजष्लम तजभ जष्mबबिथब उचभकभचखबतष्यल उबथक जस्ता विभिन्न पुस्तकहरु अङ्ग्रेजी भाषामा प्रकाशित गरिसकेका छन। लेखक शाक्यको ुसोचु पहिलो नेपाली भाषामा प्रकाशित लोकप्रिय पुस्तक हो। सोच को पहिलो संस्करण २०६१(०६(२८ गते प्रकाशित भएको थियो। जुन पुस्तकको लोकप्रियताका कारण २०६५(०६(१४ मा पन्ध्रौं प्रकाशन सम्म प्रकाशित भयो। पुस्तकमा नेपालको असिमित सम्भावना लुकेका छन। पुस्तक अध्ययन गरिरहँदा मैले शाक्यलाइ वातावरणबिद, संरक्षणबिद, ब्यवसायी सरकारी जागिरेदेखी लिएर चुरोटमा १ पैसा कर लगाउने अनि ुभिजीट नेपाल १८ु को आयोजनको अगुवाको रुपमा पनि पाए। सोच पुस्तक नेपालिहरुले नेपालप्रती हेर्ने सोचको नै प्रमुख स्रोत हो। हामी नेपालिहरु स्वदेशमा केही छैन, केही हुदैन, नेपाल खत्तम भयोर छ भन्छौ जुन कुरालाइ सोच पुस्तकले दह्रो झापड हानेको छ। नेपालमा शान्तिसुरक्षा छैन भन्नेका निम्ति इटाली र स्पेनको उदाहरण नेपालमा बिकास भएन भन्नेका निम्ति टेलिभिजन, रेडियो र दुरसंचारमा नेपालले द्रुत गतिमा गरेको बिकास र अरु पनि थुप्रै धतलाग्दा उदाहरण छन। जसले ती कुरा अध्ययन गरेपछी बिदेश जाने सोच नै हराएर जान्छ, मानिसको मानसपटलबाट। राजनीति गरेर राजनितिक पाटोमा हिडेर परिवर्तन खोज्ने होइन, आफ्नो सोचमा परिवर्तन ल्याएर मात्र बिकास सम्भब छ भन्ने सोच राख्ने लेखक कर्ण शाक्यले एउटा प्रसङ्गमा लेख्नुभएको छ, ूम कुनै पार्टिमा जान्न।ू राजनीति गर्ने ठुलाठालु नै नेपाल बिग्रियो र खत्तम भयो भन्ने संस्कारजन्य पासविकता बाट अछुतो छैनन। जिबनमा कर्ण शाक्यले पारिवारिक समस्या , श्रीमतिको क्यान्सरका कारण भएको मृत्यु छोराछोरीको दबाबमा गर्नु भएको दोस्रो बिवाह जिबनमा खानु भएको ठक्कर, भोग्नुभएको संघर्ष र अहिले सम्म पनि सामना गरेका चुनौतिहरु के र कस्ता छन भन्ने कुरा सोचमा पढन पाइन्छ। खानदानी धनी रहेका कर्ण शाक्य संग जति नै सम्पत्ती हुदा पनि उहाले गर्नुभएको मिहेनत साच्चै हाम्रा निम्ति प्रेरणाको स्रोत बन्न सक्छ। परिवर्तन चाहदा असम्भव छैन भन्ने विषय कर्ण शाक्यको सोच पुस्तक भित्र पाउन सकिन्छ।
साझ पर्दा स्याल कराउने ठमेलमा आफ्नै घरलाइ गेस्ट हाउस बनाएर बिदेशी पाहुनालाइ भित्र्याउन उहाले गर्नु भएको योगदानले आज नेपालमा पर्यटन छेत्र यहाँ सम्म आइपुगेको छ। क्यानसर अस्पतालको संचालन सम्बन्धि प्रस्ताब कै कारण आज हामिले अत्याधुनिक सुबिधायुक्त भक्तपुर र भरतपुर अस्पतालमा सेवा लिन पाएका छौ। स्वास्थ्य छेत्र, पर्यटन छेत्र र वनजंगल सम्बन्धि वातावरणिय छेत्रको संरक्षणको उपज हामी कर्ण शाक्य र पुस्तक सोचलाइ मान्न सकिन्छ । निराशा, उदासिका कुरा मात्रै भइरहेको बेला आशा र सम्भावनाका अनेक मुद्दा र बहस ल्याएको छ सोचले। वास्तबमा हामी भित्र खाली अधिकारको मालपोत र कमजोरहरुको झुन्ड मात्र नभएर कर्मशिल समाज निर्माणका निम्ति कर्तव्यको बोध हुने हो भने परिवर्तन असम्भव छैन। ूअरुहरुको टाउकोमा जुम्रा देख्ने तर आफ्नो टाउकोमा हात्ती नदेख्नेू नेपालीहरुको मनस्थितिले न त कमिकमजोरी ठम्याउन नै सक्छ, न त कर्तब्यको प्रतिबिम्ब ऎनामा देख्न नै सक्छ।मान्छेका मनमा सोच नअटाएपछि, नचिताएका, नसोचेका कामहरु गर्न मानिस त्यत्तिकै ताम्सिन थाल्छ। त्यसैले मानिसको मानबिय शक्तिलाइ निराशावादी ब्यक्तिहरुले प्रभावित गर्नुभन्दा पहिले आशावादिहरुको सानो हिस्साले जनताको सोचमा सकारात्मक परिवर्तन ल्याउने कामको थालनी हामि आफैले गर्नुपर्छ। हरेक विषय सोचमा भरपर्छ, कृष्णलाइ हामिले कसरी हेर्ने, कर्मयोगी वा छलकपटीरु बुद्धलाई के भन्ने, शान्तिदुत कि पलायनवादीरु दौपत्रीलाइ देवि भन्ने वा पाँच पतिकी पत्नीरु हरेक कुरा सोचमा भरपर्छ । हामीमा विकासको मुर्तरुपलाई हेर्न सकारात्मक आँखा चाहिन्छ। हामि भन्छौ, बौद्धिक विकास शिक्षा मात्र हो तर वास्तवमा चिन्तन विकास हो, मनस्थिति विकास हो, सकारात्मक ब्यवहार विकास हो, मानसपटलको ढोका उघृनु विकास हो भन्ने कुरा हामी सोच भित्र पाउन सक्छौ। हामिले सम्भावना खोज्ने हो भने नेपालमा नै धेरै पाउन सक्छौ तर अभाब छ त केवल,अवसर खोज्ने आखाको र टिप्ने हातको। विदेशमा सस्तो श्रम बेच्न पल्केका हामी नेपालमा काम गर्न रुचाउदैनौ, किनकी हामिमा स्वदेशमा काम गर्नुपर्दा लाज छ, हामीले श्रमको सम्मान गर्न जानेकै छैन ।थोरै दर्शन, थोरै अनुभव अनि अनगिन्ती संघर्ष र चुनौतिको सामनाले जन्माउँदो रहेछ परिवर्तन । जुन परिवर्तन हामी सोच पुस्तक अध्ययन पश्चात् पाउन सक्छौ। त्यसैले सकारात्मक सोचले ब्यक्तिगत परिवर्तन मात्र होइन, राष्ट्रको स्वरुपमा पनि केही महत्त्वपूर्ण परिवर्तनको दिशानिर्देश गर्दै हाम्रो उज्ज्वल भबिष्य जन्माउन सक्छ। जब देशमा शान्ती आउँछ, अनि मात्र काम गर्ने मजदुरले निर्धक्क भएर स्वभिमानका साथ बाच्न पाउँछन्। राज्यले जस्तोसुकै क्रान्तिकारी नीति ल्याए पनि यसलाई रुपान्तरण गर्न सिर्जनशिल एवम उद्यमशिल जमातले साथ दिएन भने यो सम्भब हुदैन, चाहे त्यो जनस्तरबाट होस वा राष्ट्रिय स्तरबाट। समृद्ध मुलुक निर्माणका निम्ति परिवर्तित र सकारात्मक सोचको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here