प्रहरी उपरीक्षक केसीको बिदाई

२१ श्रावण २०७५, सोमबार मा प्रकाशित

बिर्तामोड, साउन । जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक विष्णुबहादुर केसीलाई झापाका विभिन्न दुई दर्जनभन्दा बढी संघसंस्थाले सम्मानसहित विदाई गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट तालिम निर्देशनालय सरुवा भएपछि उनलाई शुक्रवार बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा झापाका संघसंस्थाले सम्मानसहित बिदाई गरेका हुन् ।


बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्याक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई झापामा रहँदा शान्ति सु–व्यवस्था कायम गर्दै उत्कृष्ट कार्य गरेको भन्दै सम्मान–पत्र प्रदान गर्दै बिदाई गरिएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको विदाई समारोहमा अलंैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्की लगायतले प्रहरी उपरीक्षक केसीले झापामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै आगामी दिनमा पनि अझ उत्कृष्ट काम गर्न शुभकामना दिएका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता बिमलीले सम्मान पत्र वाचन गरेकी थिइन् भने सम्मान पत्र सामुहिक रुपमा प्रदान गरिएको थियो ।
प्रहरी उपरीक्षक केसीलाई लायन्स क्लव अफ बिर्तामोड, नेपाल अलैंची व्यवसायी महासंघ, रोटरी क्लब अफ बिर्तामोड, वीरता लेडी जेसीज, वीरता जेसीज, नेपाल रेडक्रस सोसाईटी, अग्रसेन भवन, छठ समाज सेवा समिति, नेपाल सुनचाँदी व्यवसायी संघ बिर्तामोड, साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।
त्यस्तै पूर्वाञ्चल प्लाई उड, झापा गोल्डकप, कस्मेटिक एण्ड फूड डिलरसिप एसोशिएसन, हार्डवेयर व्यवसायी संघ, झापा जिल्ला मार्वल टायल्स व्यवसायी संघ, जमिअल उलमा ए नेपाल झापा, मारवाडी युवा मञ्च, महिला मुक्ति अभियान, नेपाल व्यापार कर्मचारी संघ र मेची पेट्रोलियम डिलर्स एशोसिएशनले संयुक्त रुपमा सम्मान सहित बिदाई गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रधान कार्यालयबाट भीम ढकाल आउने बताइएको छ ।
यता बिदाई समारोहमा बोल्दै प्रहरी उपरीक्षक केसीले झापामा एक वर्षको कार्यकालमा कुनै पनि घटनालाई थाती नराखी पूर्ण रुपमा अनुसन्धान गर्न सफल भएको बताएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here