मोटरसाइकल अनियन्त्रित हुँदा एक युवाको मृत्य

१० कार्तिक २०७५, शनिबार मा प्रकाशित

बिर्तामोड, कात्तिक १० । झापाको मेचीनगर नगरपालिका १५ इँटाभट्टामा भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी २७ वर्षीय सुमन राई रहेका छन् । शुक्रवार साँझ वा ९० प ३८८ नम्वरको मोटरसाइकलमा पछाडि सवार उनी मोटरसाइकल अनियन्त्रित भई सडक पेटीमा पल्टदा गम्भीर घाइते भएका थिए । घाइते राईको उपचारको क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक काठमाडौं साल्लाघारी निवासी २७ वर्षीय रविन्द्र श्रेष्ठ घाइते भएका छन् । उनको विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा परी गत आर्थिक वर्ष झापामा १०५ जनाले ज्यान गुमाएका थिए । चालू आर्थिक वर्षमा पनि सवारी दुर्घटनामा परी ३५ जनाले ज्यान गुमाई सकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here