झापाका २५० विपन्न परिवारलाई आवास निर्माण गरिदै

 

सुरुङ्गा, । झापाको बिर्तामोडमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले २५० विपन्न परिवारका लागि आवास निर्माण गरिदिने भएको छ । जसका लागि सहकारीले झापाका स्थानीय तहसंग सम्झौता गरेको छ ।
ह्यावीट्याट फर ह्युमानेटीसँग साझेदारी गर्दै सहाराले विपन्न परिवारका लागि आवासको कार्यक्रम अघि बढाएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । स्थानीय तहको आधा लगानी र सहकारीको आधा लगानीमा घर निर्माण गरिने उहाँको भनाई छ ।
सहाराले बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा वाह्रदशी गौरीगञ्ज, झापा गाउँपालिकासँग आवास निर्माणका लागि सम्झौता गरेको हो । सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेल, ह्यावीट्याट फर ह्युमानेटीका कार्यक्रम निर्देशक युवान मल्ल, सहारा नेपालका एनजीओ तर्फका अध्यक्ष भरतकुमार गिरीले स्थानीय तहका जनप्रतिनिधिसंग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहकारीले चार करोड रुपैयाँ खर्च गरेर स्थानीयस्तरमा दुई सय ५० वटा घर निर्माण गर्ने बताइएको छ ।
गत वर्षपनि सहकारीले ह्यावीट्याट फर ह्युमानेटीसंग साझेदारी गर्दै एकीकृत वस्ती निर्माण शुरु गरेको थियो । सो क्रममा विराटनगर महानगरपालिकामा एक सय घर निर्माणको प्रक्रिया अघि बढाएको र झापामा चार सय ३८ वटा घर निर्माण गरेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
त्यस्तै यसै आर्थिक वर्ष भित्र सहकारीले आवास निर्माण सँगसँगै चार करोड रुपैयाँ खर्च गरेर ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने भएको छ । विभिन्न स्थानमा ५० वटा ज्येष्ठ चौतारी निर्माण गर्दै ज्येष्ठ नागरिकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने सहकारीको लक्ष्य रहेको बताइन्छ । गत बर्ष दूधे, होक्से, घैलाडुब्बा, लक्ष्मीपुर र बाहुनडाँगीमा १÷१ वटा ज्येष्ठ चौतारी निर्माण गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो । निर्माण गरिएका प्रत्येक चौतारीमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । तस्विर पनि छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com