तीन महिनामै २९ अर्ब बढीको पाटपूर्जा भित्रियो

झापा, चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब साढे २९ अर्ब रुपैयाँभन्दा बढीको गाडी लगायतका मेसिनरी पाटपूर्जा आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ४७ करोड रुपैयाँ बराबरको गाडी लगायतका मेसिनरी पाटपूर्जा आयात भएको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको तीन महिनामा मात्रै पाटपूर्जाको आयातमा ३१ प्रतिशतले वृद्धि भएको छ ।
मुलुकमा अन्तरिक उत्पादन नभएका कारण छिमेकी मुलुक भारत र चीन लगायतका तेस्रो मुलुकबाट अत्यधिक मात्रामा गाडीका पाटपूर्जा आयात हुने गरेको विभागको तथ्याङ्क विश्लेषण शाखाका निर्देशन विनोदशरण आचार्यले बताए । पछिल्लो समय सवारी साधनको बढ्दो प्रयोगका कारण यसका पाटपूर्जाको आयातमा समेत अत्यधिक वृद्धि भएको उनले बताए । आन्तरिक उत्पादन नहुँदा मुलुकको व्यापार घाटा वर्षेनि चुलिँदो छ । चालू आर्थिक वर्षको तीन महिनामा छिमेकी लगायत तेस्रो मुलुकसँगको व्यापार घाटा साढे ३ खर्ब रुपैयाँले बढेको छ ।
पहिलो त्रैमासिकको अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७४÷०७५को सोही अवधिमा नेपालको व्यापार २ खर्ब ३९ अर्ब ७५ करोड १३ लाख ५ हजार रुपैयाँ रहेको विभागले जनाएको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com