विस्फोटक पदार्थ बरामद

भद्रपुर, तिहार तथा छठ पर्व नजिकिएसँगै नेपालमा प्रतिबन्धित बारुदजन्य पटका (विस्फोटक पदार्थ) भित्राउन तस्कर समूह सक्रिय बन्न थालेका छन् ।
झापाका सीमावर्ती नाकाबाट चोरी निकासीको बाटो प्रयोग गरी बारुदजन्य पटका नेपाल भित्राइ बेचबिखनका लागि झापा लगायत विभिन्न जिल्लामा पठाउने गिरोह सक्रिय बनेपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको छ ।
प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले पूर्वी नाका काकँडभिट्टा र दक्षिणी नाका डिगलबैकबाट करिब दुई लाखको पटका बरामद गरेको छ ।
सो नाकाबाट भित्राइएको स्काई वारर, खुर्सानी, झिरझिरे, झर्ना फ्लावर, चक्कर पटका, झिल पटका, जगमग लगायत पटका बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए । बरामद गरिएको पटकलाई नष्ट गरिने उनले बताए । यसअघि प्रहरीले भद्रपुरबाट करिब पाँच लाख मुल्य बराबरको पटका बरामद गरिसकेको जनाइएको छ । त्यसैगरी प्रहरीले सोही नाकाबाट भन्सार छलेर भित्राइएको साडी, कुर्ता सुरुवाल, सुटकपडा, पम्प वासर १० प्याकेट, कलको रड ३५ थान, पानी तान्ने मोटर २ थान गरी करिब एक लाखको सामान बरामद गरेको छ । बरामद गरिएको सामान मेची भन्सार काकँडभिट्टा बुझाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com