लाखमा वेचेको अलैंची हजारमा वेच्दै कृषक

११ कार्तिक २०७५, आईतवार मा प्रकाशित

बिर्तामोड, भारत र पाकिस्तानको द्वन्द्वका कारण पाकिस्तान निर्यात हुने ५५ प्रतिशत अलैंचीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् ।

दुई देशको द्धन्द्ध र आसाममा अलैंचीको उत्पादन बढेका कारण अहिले नेपाली अलैची मारमा परेको व्यवसायीहरुको ठहर छ । विगतको तुलनामा वजारमा अलैंचीको मूल्य अत्यन्त न्यून छ ।

बिर्तामोडस्थित होटल ह्यावनमा आयोजित कार्यक्रममा सहभागी अलैची कृषक, व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि , स्थानीय तहका जनप्रतिनिधि तथा अलैंची व्यवसायी बीच भएको छलफलमा अलैचीको मूल्य घट्न अर्काे कारण र नेपालमा उत्पादन हुने अलैंची नेपालमा १.८ प्रतिशत मात्र खपत हुनु, चीनमा निर्यातको सम्भावना भएपनि निर्यात गर्न नसक्नु , उत्पादनमा वृद्धि हुनु, सुकमेलको वद्दो प्योग हुनु रहेको औंल्याएका थिए ।

कार्यक्रममा सहभागीले पाँच वार्ष अघि लाखमा वेचेको अलैंची हजारमा वेच्नु परेको भन्दै दुखेसो समेत व्यक्त गरे । सरकारले अलैची नीति ल्याउन नसक्नु र वजारी करणका लागि चासो नदिनुका कारण मूल्यमा गिरावट आएको धनकुट्टाका अलैची कृषक फूर्वा तामाङले बताए । उनले भने–धान खेत वेचेर अलैंची खेती गर्ने कृषकको अहिले विचल्ली भएको छ ।

नेपालबाट वार्षिक ६ अर्व रुपैयाँ भन्दा बढीको अलैची निर्यात हुने गरेको भन्दै अलैची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले नेपाल कृषि प्रदान देश भनिएपनि सरकारले कृषि सम्वन्धी रणनीति बनाउन नसक्नुले किसान व्यवसायी मारमा परेको बताए ।

नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको व्यवसायीक खेती ३७ जिल्लामा फैलिइसकेको छ अलैंची व्यवसायी महासंघका कोषाध्यक्ष

सुवाष भट्टराईले भने – पछिल्लो समय यस खेतीतर्फ किसानहरुको आकर्षण बढ्दो छ । तर वार्षिक रुपमा अलैचीको भाऊ भने घटिरहेको छ ।

हालसम्म नेपालमा उत्पादित अलैचीको मुख्य बजार भारत हो । तर पछिल्लो समय भारत आफैले पनि अलैची उत्पादनमा बृद्धि गर्दै लगेपछि व्यवसायीहरु निकासीका लागि तेस्रो गन्तव्यको खोजीमा छन् । साउदी अरब, दुवई, कतार, मलेसिया लगायतका देशमा अलैंचीको माग धेरै हुने हुदाँ अन्तराष्टिय बजारमा नेपाली अलैचीको पहुँच विस्तार जरुरी रहेको भट्टराईको भनाई छ ।

नेपालमा उत्पादन भएको अलैंचीको मुख्य बजार भारत हो महासंघका कार्यवहाक अध्यक्ष ओमकृष्ण विमलीले भने –‘ नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैंची काँकडभिटा नाका हुँदै भारत निर्यात हुन्छ ।

पछिल्लो समय नक्कली अलैंची समेत मिसाएर बेच्दा नेपालको अलैंची निकासीमा कमी आएको उनको भनाई छ ।

नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तान लगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकाले पनि नेपाली अलैंचीको मूल्य घटेको अलैंची व्यवसायीहरुको भनाई छ ।

धनकुट्टा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनकुट्टा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, अलैंची व्यवसायी महासंघका सचिव इन्द्रचन्द विन्दल, अलैंची व्यवसायी धनकुट्टाका अध्यक्ष इन्द्र तामाङ लगायतले बोलेको थिए । कार्यक्रमको सञ्चालन अनिल ढुङ्गानाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here