देउनिया खोलामा डुबेर एक जनाको मृत्यु

१३ कार्तिक २०७५, मंगलवार मा प्रकाशित

 

भद्रपुर, झापाको देउनिया खोलामा डुबेर एक जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ७ स्थित अञ्जलीमोड निवासी अन्दाजी २४ बर्षीय कमल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।

दाहाल ट्याक्टरमा काम गर्ने कामदार हुन् । प्रहरीका अनुसार भद्रपुर–हल्दिवारी जोड्ने देउनिया खोलामा ट्याक्टरमा बालुवा लोड गर्न गएका दाहाल दिसा गर्न भनि खोला किनार गएको ट्याक्टर चालकले प्रहरीलाई बताएका छन् ।

दिसा गर्न गएका दाहाल नफर्किएपछि उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक चौधरीले बताए । उनले भने, ‘मृतक दाहाल छोपुवा रोगका बिरामीबाट ग्रसित भएकाले खोलामा डुबेर मृत्यु भएको हो ।’ उनको शव हेर्दा काँही कतै चोट नलागेकोले पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here