सरकारी जग्गा बचाउने पुनरुत्थानवादी समूहको अभियान

बिर्तामोड, देशभरिका अधिकांश सामुदायिक विद्यालय, अस्पताल, कलेज तथा अन्य सरकारी जग्गाहरु बचाउन पुनरुत्थानवादी समूह नेपालले अभियान शुरु गरेको छ ।
समूहले बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गर्दै अभियानबारे जानकारी दिएको हो । देशभरिका अधिकांश सामुदायिक विद्यालय, अस्पताल, कलेज तथा अन्य सरकारी जग्गाहरु सम्बन्धित कार्यालय संस्थाको भावी प्रयोजनका लागि विगतका दुरदृष्टि अग्रजहरुले छुट्याएको, दान दिएको र त्यस्ता जग्गामा विद्यालयले खेल मैदान, फुलबारी, पुस्तकालय, प्रयोगशाला बनाउनुपर्नेमा सम्बन्धित संस्थाको हित विपरीत त्यस्ता सरकारी जग्गाहरु विभिन्न व्यापारिक संघसंस्था व्यक्तिलाई भाडा, लिज, करार र लालपूर्जासहित व्यापारिक प्रयोजनका लागि बिक्री वितरण गरेको पाइएकोले त्यस्ता जग्गाहरु बचाउन अभियान शुरु गरेको पुनरुत्थानवादी समूह नेपालकी लिडर तारा बरालले जानकारी दिइन् ।
त्यस्ता जग्गाहरु ऐन नियम, कानून, संघ–संस्था र समाजको हित विपरीत दुरुपयोग गर्न पाइँदैन भनी २०७० सालमा चितवन माविको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दा सामुदायिक विद्यालयका जग्गाहरु भाडा, लिज, करार र लाजपुर्जासहित बिक्री वितरण गर्न नपाइने र विद्यालयको प्रयोजन बाहेक बनेका संरचनाहरु भत्काउनुपर्ने भनी २०७३ साल फागुन ११ गते फैसला भएको र उक्त फैसला भएको र फैसलाको पूर्णपाठ नजिरको रुपमा २०७५ असार २७ गते सबै सम्बन्धित निकायहरुमा र सर्वोच्च अदालतले २०७५ साउन १७ गते पठाइसकेको उनले जानकारी दिइन् ।
नेपालका हरेक ठाउँमा कहिँकतै कुनै पनि सरकारी जमिनको दुरुपयोग भएमा त्यसको खोजी गरी र थाहा पाएको भए सम्बन्धित निकायमा जानकारी दिन पुनरुत्थानवादी समूह नेपालकी लिडर तारा बरालले आग्रह समेत गरेकी छिन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सबैसँग आग्रह समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com