शिक्षा अधिकारीको पजनी ः उपसचिव रेग्मी अर्जुनधारामा

लक्ष्मीपुर, । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका एक सय ६५ जना उपसचिवलाई स्थानीय तहमा सरुवा तथा पदस्थापन गरेको छ ।
सरकारले केही दिनअघिको निर्णयबाट मुलुकभरका सबै नगरपालिकामा उपसचिवस्तरकाा कर्मचारीलाई पजनी गरेको हो । यसअघि अधिकांश नगरपालिकामा अधिकृतस्तरका कर्मचारी शाखा प्रमुख रहँदै आएकोमा यस निर्णयपछि सवै नपामा उपसचिवस्तरका कर्मचारी शाखा प्रमुख भएका छन् ।
यता झापाको मेचीनगर नगरपालिकामा उपसचिव उद्धव बिष्टलाई पदस्थापन गरिएको छ भने भद्रपुर नगरपालिका शिक्षा शाखामा बिर्तामोडवाट उपसचिव युवराज पाण्डे, अर्जुनधारा नगरपालिकामा प्रदेश नं. १ शिक्षा निर्देशनालयबाट उपसचिव तोयानाथ रेग्मी, बिर्तामोडमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट उपसचिव दिनेश न्यौपाने, कनकाई नगरपालिकामा शिक्षा समन्वय इकाई मोरङ्गवाट राजकुमार थापा, शिवसताक्षी नगरपालिकामा मोरङबाट रामप्रसाद ढुंगेल र गौरादहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट टेकनाथ रेग्मीलाई सरुवा गरिएको छ ।
यसअघि उपसचिवस्तरका कर्मचारी नभएका नगरपालिकामा काम गर्न कठिनाई हुँदै आएको थियो । नगरपालिकामा खटाइएका उपसचिवहरुले आफूलाई खटाइएको नगरपालिकामा स्थानीय तहको सरकासँग समन्वय गरी शैक्षिक गुणस्तर सुधारको अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रदेश शिक्षा निर्देशनालयवाट अर्जुनधारा नगरपालिकामा खटाइएका शिक्षा विभाग प्रमुख उपसचिव तोयानाथ रेग्मीले स्थानीय सरकार र शैक्षिक सरोकारवालसँग समन्वय गरी शिक्षा क्षेत्रमा भएका कमीकमजोरीलाई हटाउने प्रयास गर्ने वताएका छन् ।
सुधार क्रमशः हुँदै जाने विकासको सुचांक भएकोले उनले नियमितता, पारदर्शिता र निष्पक्षताका लागि आफू कानूनसम्मत ढंगले लागिरहेको र आगामी दिनमा समेत लागिरहेने दृढता व्यक्त गरेका छन् । जिम्मेवारी र कर्तव्यवोध गरी सबै एकजुट हुने हो भने शिक्षालाई सुधारको बाटोमा अघि बढाउन पहाडै फोर्नु नपर्ने भन्दै उपसचिव रेग्मीले इमान्दारिता र कर्तव्यनिष्ठालाई आत्मसात गरे परिवर्त हुन समय नलाग्ने बताएका छन् ।
रेग्मी प्रदेश शिक्षा निर्देशनालय जानुअघि शिवसताक्षी नगरपालिका शिक्षा प्रमुखका रुपमा कार्यरत् थिए । आफू अनुकुल शिक्षक नियुक्ति गर्न नपाएको कारणले नगरप्रमुख चन्द्रकुमार शेर्माले रेग्मीलाई सरुवाको निर्णय स्थानीय तहको वोर्ड बैठकबाट गराएका थिए । तर, उपसचिव रेग्मीले नगरप्रमुखको निर्णय गैरकानूनी, असंवैधानिक र अवैधानिक भएको भन्दै उच्च अदालत विराटनगर, इजलास इलाममा रिट दायर गरे । उच्च अदालतले ‘नगरप्रमुखको निर्णय कार्यान्वयन नगर्नु’ भन्दै आदेश जारी गरेको थियो । यसपछि रेग्मीलाई सरकारले प्रदेश नं.१ शिक्षा निर्देशनालयमा काजमा खटाएको थियो । वितग लामो समयदेखि शिक्षा सेवामा कार्यरत् रेग्मीलाई भनसुन र नातावादको विपक्षी तथा शुद्धता र निष्पक्षताको पक्षपातिका रुपमा चिनिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com