किन चिच्याइन अदिती !

अदिती अर्याल ज्ञावली

गजल

जे गरे नि लाग्छ यार यिनले देश लुटे जस्तो
एउटा गर्छ रोए जस्तो अर्को गर्छ कुटे जस्तो

बाहिर-बाहिर मनमुटाव गरे जस्तै गर्छन् फेरि,
बुझ्दा लाग्छ भित्र-भित्र यिनीहरू जुटे जस्तो

बनाउँछौँ देश भनेर जनतालाई आश देखाउने,
देश भयो बालीलाई असिनाले चुटे जस्तो

बजेट पनि छुट्याइन्छ हरेक वर्ष विकासलाई,
चुहावट रोकिएन उही गमला फुटे जस्तो

सपनीमा चिच्याएछु मेरो देश बचाउ भन्दै,
पिडा भयो दूधे बालक आमाबाट छुटे जस्तो।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com