करोडको लागतमा पार्टी प्यालेस

बिर्तामोड, झापा बिर्तामोडका दुई युवाले सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा ल्याएका छन् ।
बिर्तामोडका कृष्ण पौडेल र सुवोध पाठकले एक करोडको लगानीमा विवाह, ब्रतबन्ध, जन्मदिन, मिटिङ, सभासमारोह गर्न सक्ने सिर्टी पाटी प्यालेस सञ्चलानमा ल्याएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । सञ्चालनमा ल्याएको सिटी पार्टी प्यालेसमा ८० जनासम्म आट्ने मिटिङ हल र सभा समारोहका लागि दुईसय ३० जना र नौसय १७ जना आट्ने हलमा एसीको सुविधा रहेको सञ्चालक कृष्ण पौडेलले बताए ।
निम्न आयस्रोत भएका व्यक्तिहरुले पनि सस्तो र सुलभ तरिकाले कार्यक्रम गर्न सक्ने सञ्चालक पौडेलले बताए । बिर्तामोड ४ मा रहेको सिटी प्यालेसमा पार्किङ स्वीमिङपुलको समेत व्यवस्था रहेको उनले जानकारी दिए ।
‘एकसय ९९ रुपैयाँमा भेजबुफे सेट खाना समेत उपलब्ध गराउछौं’, अर्का सञ्चालक पाठकले भने ‘विवाह, बर्तबन्ध र ठूला कार्यक्रममा हलको भाडा लिदौन ।’ हरि धिमालको होटल फ्लोरिडा, रुपटप रेष्टुरेन्टसहित सिटी पार्टी प्यालेस एउटै व्यवस्थापनमा सञ्चालन हुने सञ्चालक पाठक र पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com