बाढीले १० लाख स्वाहा

 

भद्रपुर,। बाढीले सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत छुट्याएको १० लाख रुपैयाँ स्वाहा भएको छ ।
तत्कालीन संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसँग सीमा जोडिएको आठ वटा जिल्लामा लागू गरेको सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत गत आर्थिक २०७४÷०७५ मा झापा जिल्लाको भद्रपुर नगरपालिकालाई छुट्याएको १० लाख रुपैयाँ बाढीले स्वाहा गरिदिएको छ ।
भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारी गाउँलाई छुट्याइएको १० लाख रुपैयाँबाट निर्माण गरिएको कब्जे बाढीले भत्काइ दिएको छ ।
यसबर्ष मेची नदीमा आएको बाढीले कब्जे भत्काइ दिएपछि गाउँमा पहिलो पटक भित्रिएको यत्रो ठूलो रकम खेर गएको स्थानीय हावालाल राजवंशी बताउँछन् । ६ वटा ह्युम पाइपबाट बनाइएको कब्जे अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । कब्जे निर्माण गरिएको भन्दा पूर्व पट्टीबाट अहिले खोला बगेको देखिन्छ ।
मेचीपारीको उत्तरबारी र सतारबस्ती जोड्ने खोलामा स्थानीयलाई आवत–जावतमा सहज पुग्ने उद्देश्यले सीमा विकासको बजेट कब्जे निर्माणमा खर्च गरिएको थियो । वडा नम्बर ३ कार्यालय र गठित उपभोक्ता समितिका पदाधिकारीले उचित स्थान पहिचान गर्न नसक्दा बजेट खेर गएको हो ।
‘शन्दु राजवंशीको अध्यक्षता गठित उपभोक्ता समितिले गत आर्थिक बर्षमा सरकारी इस्टिमेट बमोजिम कब्जे निर्माणको काम गरेको हो’–वडा सदस्य अरुण राजवंशीले भने– ‘खोलामा आएको बाढीले गर्दा कब्जे भत्किएको हो, यसमा उपभोक्ता समितिको कुनै गल्ती छैन् । कब्जे निर्माण अघि नै उपयुक्त स्थान छनौट गरिएको भए कब्जेमा आएको बजेट खेर जार्दैन थियो ।’ –उनले भने ।
यता भद्रपुर नगरपालिका इञ्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार तत्कालीन जिल्ला विकास समिति झापा अन्तर्गतको ओएसटी मार्फत कब्जेको इस्टिमेट गरिएको हो । कब्जे निर्माण लापरवाहीभन्दा पनि स्थान छनौट गर्न नसक्दा बजेट खेरको उनको भनाई छ । कब्जे निर्माण भएपछि नगरपालिकाले भुक्तानि मात्र उपभोक्ता समितिलाई गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com