ओली एण्ड एसोसिएटमा ‘भर्ना हप्ता’

बिर्तामोड, अष्टे«लिया अध्ययन गर्न जाने विद्यार्थीका लागि विगत १६ वर्षदेखि उत्कृष्ट परामर्श दिँदै आएको ओली एण्ड एसोसिएटले विद्यार्थीको सहजताका लागि नयाँ कार्यक्रम शुरु गरेको छ ।
अष्टे«लियामा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका बारेमा विद्यार्थीले सही परामर्श नपाउँदा अष्टे«लिया पुगेर अनेक झमेला झेल्नु नपरोस् भनेर ओली एण्ड एसोसिएटले ‘भर्ना हप्ता एउटै छानामुनी’ भन्ने नारासहित विद्यार्थीलाई परामर्श दिन शुरु गरेको छ ।
करिब पाँच सय विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखेर मंगलबारबाट बिर्तामोडमा रहेको कार्यालयमै दक्ष प्रशिक्षकबाट विद्यार्थीलाई परामर्श प्रदान गर्न शुरु गरिएको ओली एण्ड एसोसिएटका अंग्रेजी परामर्शदाता हरिप्रसाद ओलीले जानकारी दिए ।
१० बजेदेखि ५ बजेसम्म दिइने प्रशिक्षण कार्यक्रममा पिआर, सर्टिफाइट प्रशिक्षकले उनीहरुलाई परामर्श प्रदान गर्ने बताइएको छ । अष्टे«लियामा पुगेर उनीहरुले रोजेको कलेज र युनिभर्सिटी, रोजेको विषय पढ्नलाई सहज होस् भन्ने उद्देश्यले ‘भर्ना हप्ता’ शुरु गरिएको बताइएको छ ।
अष्टे«लियामा एक हजारभन्दा बढी कलेज रहेको ४० बढी विश्वविद्यालय र दुई हजारभन्दा बढी कोर्ष छानेर पढ्नुपर्ने भएकाले अष्टे«लियामा पढ्न जाने विद्यार्थीले कुन विषय कसरी पढ्ने भन्ने विषयमा भर्ना हप्तामा सहभागिताका लागि आएका विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिने अंग्रेजी प्रशिक्षक ओलीले बताए । उनले भने– ‘भर्ना हप्तामा सहभागी भएका विद्यार्थीलाई अष्टे«लियामा पढ्दा कसरी छात्रवृत्ति पाउन सकिन्छ सो विषयमा समेत जानकारी दिने हाम्रो उद्देश्य हो ।’
अभियानमा अष्टे«लिया जान चाहने विद्यार्थीलाई बैंकिङ प्रोसेस कसरी गर्ने भन्ने विषयमा समेत बैंककै कर्मचारीबाट प्रशिक्षण दिइने बताइएको छ । भिजा लाग्ने र नलाग्ने भन्ने विषयमा एसओपी, जिटिइ र अन्तरवार्ताका विषयमा समेत परामर्श प्रदान गरिने बताइएको छ । भर्ना हप्ताभरि विद्यार्थीलाई स्वदेश तथा विदेशमा पढ्नका लागि प्रोत्साहन गरी सहभागीलाई शैक्षिक उपहार समेत प्रदान गरिने ओलीले बताए ।
उनले भने– ‘स्वेदश होस् वा विदेश विद्यार्थीको सुरक्षित भविष्यको सुनिश्चितताको कामनासहित हामी कुन विषय, कुन विधा, कुन क्षेत्रमा अध्ययन गर्ने गर्दा भविष्य सुनौलो हुन्छ त्यसको जवाफ हामी दिन्छौं ।’ ‘शुक्रबारसम्म चल्ने अभियानमा अष्टे«लियाको भौगोलिक अवस्था, हावापानी, शिक्षा र रोजगार, त्यहाँ रहँदाका चुनौतिका विषयमा समेत ओली एण्ड एसोसिएटले एकसाथ एउटै छानामुनी विद्यार्थीलाई जानकारी दिन्छ ।’– प्रशिक्षक ओलीले भने ।
सन् २००२ बाट अष्टे«लिया अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रशिक्षण प्रदान गर्दै आएको ओली एण्ड एसोसिएटका नेपालका ११ वटा शाखा र अष्टे«लियामा समेत चार वटा शाखा रहेकाले जुनसुकै ठाउँका विद्यार्थीले पनि सहजरुपमा उच्च शिक्षा अध्ययनका लागि सही परामर्श दिन ओली एण्ड एसोसिएट तत्पर रहेको बताइएको छ ।
एसोसिएटका प्रबन्ध निर्देशक भवानीप्रसाद ओलीको परिकल्पना अनुसार झापासहित पूर्वका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहनसहित पढाइमा लगनशिलता र भविष्य सुनिश्चितताका लागि संस्थाले परामर्श अभियान शुरु गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com