नेपाली मुस्लिम समाज साउदी अरबको बरिष्ट उपाध्यक्षमा चान्द

 

झापा,  । वाह्रदशी – ३ राजगढ निवासी चान्द महम्मद हुसेन अन्तर्रा्ष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको बरिष्ट उपाध्यक्षमा चयन भएका छन् ।

एभरेष्ट डिजिटल सिनेमा हल“ राजगढका सञ्चालक समत रहेका उनी बरिष्ट उपाध्यक्षमा चयन भएका हुन् । यो संगै अब विश्व भरका मुस्लिम समुदाय एक हुने भएका छन् । विश्वका जुनसुकै मुलुकमा रहेका मुस्लिम समुदायलाई समस्या परे सहयोग गर्ने उद्देश्यले साउदी अरवमा अन्तराष्ट्रिय मुीसलम समाज गठन भएसंगै विश्व भरका मुस्लिम एक हुने भएका हुन् ।

व्यवसायी तथा समाजसेवी राजु सैयदको सभापतित्वमा भएको कार्यक्रममा मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा को अध्यक्षतामा २५ सदस्यीय ‘अन्तराष्ट्रि मुस्लिम समाज साउदी अरब’ को स्थापना भएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा चाँद मोहम्मद, उपाध्यक्षहरुमा मुस्ताक मदनी , इब्राहिम शर्मा, (जेद्दा, मदिना बाट पछि थपिने छ ) महासचिबमा रम्जान दिन मियाँ,सचिबमा रफि मियाँ, कोषाध्यक्षमा इख्लाक , सह (कोषाध्यक्षमा नुरुल जमा अन्सारी, युवा संयोजकमा एह्सानुल्लाह मियाँ,प्रबक्तामा सलमान जिरेल, सदस्यहरूमा इब्राहिम मियाँ, मोहम्मद अब्दुल, फिरोज , इसा राइन,सहिद दिन मियाँ, अयुब खान, फिरोज राइन, हरु निर्वाचित भएका छन छन् । बाँकी सदस्यहरु क्षेत्रहरू मक्का,मदिना, तबुक,र हाइलबाट पूर्ण गरिने बताइएको छ ।

सल्लाहकार परिषदमा यस संस्थाको प्रमुख सल्लाहकारमा अन्तराष्ट्रिय महिला अधिकार अभियान्ता यास्मिन बेगम , वरिष्ठ सल्लाहकारमा सेख जमिर अब्बास मदनी,अमानुल्लाह मन्सुर, अब्रार अहमद, सेख जुबेर, मोहम्मद अब्बास, नेक मोहम्मद, सेख मुजिबुर रहमान, सेख सनउल्लाह, इस्माइल राना मगर, अहमद भन्डारी, सेख सलिम, मनोनित भएका छन। संस्थाको स्थापनाले साउदीमा रहेका नेपालीहरुको समस्याको समाधान गर्न र नेपालको विकासमा तथा आफ्ना हक अधिकारलाई सुरक्षित गर्न मद्दत पुग्ने नवनिर्वाचित अध्यक्ष जैनुल अब्दीनले बताए । साउदीसंगै निकट भविष्यमै युरोप, एसिया हुँदै बिश्वभर यो संस्थाको बिस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com