बोतलले हिर्काउँदा श्रीमतीको मृत्यु

इलाम, । इलामको सन्दकपुर गाउँपालिका– ५ बतासेमा एक व्यक्तिले बोतलले हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।
शुक्रबार राति सोमबहादुर गुरुङले घरायसी विवादमा श्रीमती ३५ वर्षीया निरमाया गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा सम्लग्न गुरुङलाई प्रहरीले नियन्त्रणम ालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com