राजगढमा पनि खुल्यो जिम हाउस

 

बिर्तामोड, दक्षिणी झापाको राजगढमा एक युवाले फिटनेश सञ्चालनमा ल्याएका छन् । १५ लाख रुपैयाँको लागतमा उनले फिटनेश सञ्चालनमा ल्याएका हुन् । फेमेली फिटनेश नामबाट वाह्रदशी– ३ राजगढका विमल राजवंशीले दक्षिणी क्षेत्रमै पहिलोपटक फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

पछिल्लो समय शरीर तन्दुरुस्त राख्न फिटनेशमा युवाको आर्कषण वढेसंगै यो क्षेत्रमा लगानी बढेको छ । दक्ष प्रशिक्षकबाट फेमेली फिटनेशमा प्रसशक्षण प्रदान गरिने सञ्चालक राजवंशीले बताएका छन् ।

एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङ लगायतका कोर्ष समेत यहाँ सञ्चालित जिम सेन्टरमा सिकाइने बताइन्छ ।

नेपालमा शारीरिक सुगठन सम्बन्धी थुप्रै प्रतियोगिता आयोजना हुन थालेसँगै जिमप्रति युवाको आकर्षण बढेको बताइन्छ । राम्रो ट्रेनिङ लिएकाले ती प्रतियोगितामा भाग लिने र जित्ने मौका पाउँछन् । त्यसमा पनि मोडलिङ गर्ने अवसर पनि त्यतिकै हुने भएकाले जिम प्रति युवाको आकर्षण बढ्दै गएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com