सडकमै चालकको स्वास्थ्य जाँच

३ माघ २०७५, बिहीबार मा प्रकाशित

बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय मेचीले सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ ।

विशेषज्ञ डाक्टरसहितको टोलीले चालकको स्वास्थ्य जाँच गरेको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकको स्वास्थ्य जाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए । राईका अनुसार अघिकांश दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको पाइएपछि चालकको स्वास्थ्य जाँच सडकमै गरिएको हो ।

ट्राफिक प्रहरीले सवारी र चालकको नियमित चेकजाँच गरिरहेपनि यातायात कार्यालय र विशेषज्ञ डाक्टरको उपस्तिथिमा गरिएको चेकजाँचले दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने राईको भनाई छ ।

टोलीले सवारीको अवस्था, ओभरलोड, सवारी दर्ता किताव, चालकको स्वास्थ्य , सवारी चालक अनुमति पत्र आदिको परीक्षण गरेको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख खरुदेव चुडालले बताए ।

टोलीमा यातायात व्यवस्था कार्यालय मेचीका इन्जिनियर विजय अधिकारी, डा. रिङ्कु झा लगायत सहभागी थिए । स्वास्थ्य परीक्षणको क्रममा चालकमा उच्च रक्तचाप वढी पाइएको डा झापाले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here