अनसन स्थलबाटै मध्यरात काठमाडौं लगिँदै डा केसी र विजलाई

झापा,  फरक फरक माग राखेर डा केसीसहित सत्याग्रहमा बसेका दुई व्यक्तिलाई नै सरकारले मध्यरात काठमाडौं लगेको छ ।
९ दिनदेखि आमरण अनसनमा वसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै सरकारले डा केसीलाई काठमाडौं लान हिँडाएको छ । त्यस लगत्तै सरकारकै निर्देशनमा १० मिनेटपछि अर्का आमरण अनसनमा वसेका विजय थापालाई पनि अनसनस्थलबाट काठमाडौ लानका लागि झापा तर्फ ल्याइदै छ ।
डा. केसी ९ दिनदेखि इलाममा अनसनरत छन । विजयपनि ६ दिनदेखि आमरण अनसनमा छन् । डा केसीको बिहीबार साँझबाट मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो । दुवैलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइदै छ । भद्रपुरबाट डा केसी र थापालाई सेनाको नाइटभिजन हेलिकप्टरले काठमाडौं लाने तयारी भएको झापाका प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।
रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नरहेपछि इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा उनीहरुलाई ल्याएको र भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं लगिने बताइएको छ ।
डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।
डा केसीको जस्तै आर्का आमरण अनसनमा रहेका थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पनि सरकारले काठमाडौं लगेको थापाकाज सहयोगी पुष्प भण्डारीले बताए ।
उनीहरु दुईलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com