स्वास्थ्य शिविरबाट ५सय ५० लाभान्वित

बिर्तामोड,माघ ५ । स्वास्थ्य शिबिरमा क्यान्सरको डाक्टर आउने भएपछि सबेरै घरबाट उठेर इलाम सन्दकपुरका दिलिप राई बिर्तामोड आइपुगे । गत असारदेखि उनको घाटीमा समस्या देखिएको छ । बिर्तामोड १० सैनिकबजारको महेन्द्रज्योति माविमा शनिवार आयोजित शिबिरमा उनले निशुल्क स्वास्थ्य परिक्षण गराए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका बरिष्ठ नाक कान तथा घाटी रोग बिशेषज्ञ डा.देजकुमार गौतमले क्यान्सरको आशंका गर्दै उनलाई भरतपुर नै बोलाए ।त्यसैगरी डा. गौतमलाई नै देखाउन अर्जुनधारा ६ का ७८ बर्षीय दुर्गाप्रसाद पौडेल पनि शिबिरसम्म आइपुगे ।

१० बर्षदेखि जिब्रो र घाटीमा लागेको क्यान्सरको उपचाररत् पौडेल भरतपुरमा डा. गौतमसंगै फ्लोअप गराउँदै आएका छन् ।उनलाई जस्तै बिर्तामोड ३ की गंगादेबी पाठकलाई पनि मौका जु¥यो । उनले पनि पाठेघरको क्यान्सरको निशुल्क स्वास्थ्य परिक्षण गराईन् । बिराटपोखर महिला समुह र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं १० को सह—आयोजनामा भएको क्यान्सर रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिरबाट धेरै क्यान्सर रोगीहरु लाभान्वित भएका हुन् ।शिबिरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन र बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले नाक कान घाटी र महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर रोग सम्बन्धी उपचार गरेका थिए ।शिबिरमा ५सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको शिबिर ब्यबस्थापन समितिका संयोजक इन्द्र प्रसाईले बताए । उनले १० जना पाठेघरको बिरामी भेटिएको र त्यसमध्ये दुई जनामा क्यान्सरको आशंका गरिएको जानकारी दिए । त्यस्तै फ्लोअप बाहेकका ४ जनामा नाक कान घाटीको क्यान्सरको लक्षण भेटिएको डा गौतमले बताए ।मुखमा सेता र राता दागहरु दखिए क्यान्सर हुनसक्ने भन्दै तातो र पिरो खान नसक्ने ब्यक्तिहरुलाई तत्काल चेकजाँच गराउन आग्रह गरे । बिराटपोखर महिला समुहकी अध्यक्ष कृष्णा प्रसाईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर उपप्रमुख पबित्रा महतारा प्रसाई, वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । अन्जना काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन दीपा दंगालले गरेकी थिईन् । शिबिरमा डेढ लाख मूल्य बराबरको औषधी निशुल्क बितरण गरिएको शिबिर ब्यबस्थापन समितिका संयोजक प्रसाईले जानकारी दिए । त्यस किसिमको शिबिर गत बर्ष पनि बिर्तामोड १० मा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com