झापाका स्थानीय तहबाट वारामा २३ लाख

भद्रपुर, बारा र पर्सामा आएको विनाशकारी चक्रपातबाट प्रभावित परिवारजनलाई झापाका स्थानीय तहले २३ लाख रुपैयाँ नगद सहयोग गर्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बुधवार बसेकोअ जिल्ला विपद व्यवस्थापन समितिको आपतकालिन बैठकले सो निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार झापाका १५ वटा स्थानीय तहमध्ये ७ वटा गाउँपालिका कम्तिमा एक÷एक लाख र ८ वटा नगरपालिकाले कम्तिमा दुई÷दुई लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ । सो नगद रकम बारास्थित जिल्ला विपद व्यवस्थापन समितिको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा सिधै पठाइने निर्णय भएको उनले बताए । ‘प्रभावित क्षेत्रमा चाहिने आवश्यक वस्तुको बारेमा त्यहाँका विपद व्यवस्थापन समितिलाई सोधेका थियौ, प्रजिअ दाहालले भने, ‘बारा र पर्सामा आवश्यक बस्तु भन्दा पनि नगद पठाउन जानकारी गराएपछि हामीले यस्तो निर्णय गरेका हौ ।’ यस बाहेक झापाका अन्य संघसंस्थाहरुले आवश्यक सहयोग गर्न चाहे विपद व्यवस्थापन समिति झापालाई जानकारी गराएर मात्र त्यहाँ पठाउने निर्णय गरिएको उनले बताए । ‘संघसंस्थाले नगद दिन चाहे त्यहाँको विपद व्यवस्थापन समितिको बैंक खातामा जम्मा गर्न सक्छन् वा अन्य सामग्री दिए चाहे त्यसको विवरण खुलाएर यहाँ जानकारी गराएर पठाउन सक्छन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com