डिभोर्सको झ्वाकमा श्रीमतीको जिव्रो चट

एजेन्सी, पाकिस्तानी एक पुरूषले डिभोर्स भैसकेकी श्रीमतीको जिब्रो काटिदिएका छन् । हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा यो घटना भएको हो । श्रीमतीको हत्याको कोसिस गरेको अभियोग लगाएर ती पुरुषमाथि मुद्दा दर्ता गरेको छ । ती आरोपी पुरूषभने फरार छन् ।

डिभोर्सपछि पनि श्रीमान श्रीमतीका बीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे । कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com