अजुर्नधारामा गैरकानुनी ढङ्गबाट रुख काटियो [भिडियो सहित ]

तिलक योञ्जन,

अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ मा निजि तथा सार्वजनिक जग्गामा रहेको लाखौँ रुपयाँ मुल्य बराबरका रुख गैरकानुनी ढङ्गबाट कटानी भएको पाईएको छ ।

दुई नम्बर क्षेत्रमा टाङ्टीङ कृषी सहकारीको मातहतमा रहेको ओइलानी जग्गा र आफ्नै निजि जग्गामा करीब १५ वर्ष अघि सहकारीसंगको समन्वयमा टाङ्टीङ नदी नियन्त्रणका लागि वातावरण संरक्षण कार्यक्रम अन्र्तगत बृक्षारोपण गरीएको थियो । तिनैरुख सहकारीसंग कुनै समन्वयनै नगरी सापकोटाले गैरकानुनी ढङ्गले आफु खुशी कटान गरेको पाईएको हो । रुख कटान गरेपछि स्थानीय तथा सहकारीले विरोध जनाएका छन् ।

सापकोटाले बनमा भएका खयर,सिसौ,आँप लगायतका १ सय ५० वटा भन्दा बढी रुख ठेक्का लगाएर विना अनुमति कटान गरेका हुन् ।रुख कटानका विषयमा सापकोटा भन्छन् ‘म अनुमतिको प्रक्रियामा रहेको थिएँ तर ठेकेदारले रुख कटान गरेछन्’। उनको यो जवाफ गैर जिम्मेवार भएको स्थानीयको भनाई छ ।

रुख कटानका लागि कुनै सिफारीस नदिएको भन्दै नियम विपरीत रुख कटान गर्ने सापकोटालाई कानुनी प्रक्रियामा ल्याईने वडा नम्बर २का अध्यक्ष रघुनाथ खनालले बताउनु भयो ।

स्थानीयले सहकारीसंग भएको सहमती अनुरुप रुखको बिक्री बितरण तथा उपभोग नभएको भन्दै रुखका मुढा उठाउन ठेकेदारलाई अवरोध गरेका छन् । सबैजनाले दुख गरेर हुर्काएका रुख आफु खुशी गैरकानुनी ढङ्गबाट कटान गरेको भन्दै यस विषयमा गम्भीर बन्नु पर्ने सहकारीका संस्थापक सदस्य टंक लामिछानेको भनाई छ ।

उता जिल्ला बन कार्यालयले स्थानीय तहसंगको समन्वयमा कार्वाहीको प्रक्रिया अघि बढाइने जनाएको छ ।कार्यालय प्रमुख बिष्णुलाल घिमिरेले यो स्थान बन क्षेत्र भन्दा बाहिरको जग्गामा रहेकाले छानबिन गरि स्थानीय तहसंगको सहकार्यमा दोषीलाई कार्वाही गरीने जानकारी दिनु भयो । काटीएका रुखहरु हाल शान्ति सामुदायिक बनको रोहबरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com