पदभार ग्रहण

२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

भद्रपुर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले नगर तथा गाउँपालिकामा कमिटि गठन गरेसँगै त्यसलाई बैधानिकता दिन स्थानीय तहमा सपत ग्रहण कार्यक्रमलाई तिब्रता दिएको छ ।

नेकपा जिल्ला पार्टी एकीकरण कार्यदल झापाले १२ औं स्थानीय तहको रुपमा भद्रपुर नगर तथा वडा कमिटिका नवनिर्वाचित सदस्यहरुलाई शुक्रवार पदभार ग्रहण गराउँदै सपत खुवाएका हुन् ।

पूर्व एमाले तथा पूर्व माओवादी केन्द्र एकता सहजिकरण संयन्त्र भद्रपुरले आयोजना गरेको सपत ग्रहण कार्यक्रममा शिवकुमार राजभण्डारीको अध्यक्षतामा गठित भद्रपुर नगर कमिटिका ८१ सदस्य र नगरका १० वटा वडाका अध्यक्षहरुसहित २९० जना सदस्यहरुलाई एकैसाथ सपत खुवाइएको हो ।

कमिटिका नवर्निवाचित सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहाले सपत खुवाएका थिए । नगर कमिटिका अध्यक्ष भण्डारी पूर्व माओवादी केन्द्र हुन्, भने सचिव ब्रह्मलाल ढुंगाना पूर्व एमालेका हुन् । नगर कमिटिको नामावली प्रदेश कमिटि सदस्य राजु आचार्य अग्निले बाचन गरेका थिए, भने प्रदेश कमिटि सदस्य चिन्तन पाठकले वडा कमिटिको नामावली बाचन गरेका थिए । वडा कमिटि अन्तरगत वडा १ का अध्यक्षमा नवराज लुइटेल र सचिवमा जीवन वास्तोला, वडा २ का अध्यक्षमा चुडामणि दाहाल र सचिवमा क्यानेन्द्र लिम्बु, वडा ३ का अध्यक्षमा गुणराज ढुंगाना र सचिवमा चेतन थापा मगर, वडा ४ का अध्यक्षमा दीपककुमार राई र सचिवमा पूर्णबहादुर खजुम, वडा ५ का अध्यक्षमा डिल्ली रुचाल र सचिवमा बासु कार्की रहेका छन् । त्यस्तै वडा नम्बर ६ का अध्यक्षमा रोशन राजवंशी र सचिवमा निरबहादुर राजवंशी, वडा ७ का अध्यक्षमा पोषराज पौडेल र सचिवमा अशोक गणेश, वडा ८ का अध्यक्षमा गुरुप्रसाद सुवेदी र सचिवमा बाबुराम अधिकारी , वडा ९ का अध्यक्षमा रामप्रसाद दाहाल र सचिवमा नरबहादुर मगर, वडा १० का अध्यक्षमा भारतसिंह राजवंशी र सचिवमा तुलसी पोखरेल रहेका छन् ।

एकता सहजिकरण संयन्त्रका सदस्य हिक्मत कार्कीको अध्यक्षता तथा नेकपा एक नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सुरेन्द्रकुमार कार्की लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एकता सहजिकरण संयन्त्रका सदस्य असारु राजवंशीले गरेका थिए ।

ब्ततबअजmभलतक बचभब

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here