स्वास्थ्य – सर्वव्यापी र निःशुल्क हुनुपर्छ

[सुरेश खतिवडा]

घोडामा चडेर पिलो फुटाउन भारतको नक्सलबाढी जानुपरेको सम्झना गर्ने गडिगांउका राधाकृष्ण भटराईको भनाई होस  या  सुत्केरी हुने बेलामा  केही दिन ब्याथा लागे पछी मात्र गाडा गोरु ब्यवस्था गरेर नजिकको बजारमा रहेको डाक्टरको क्लिनिकमा पुर्याउनु पर्ने बेलाको कहानी भन्ने बुद्दशान्ति  पानीघट्टा गाउकी  नर्बदा अधिकारिको कथन होस दुबैले त्यस बेलाको  स्वास्थ्य सेेवाको पहुचको झलक दिने गर्दछ।  त्यस्तै अहिले आफ्नै आंगन मा बनेको ठुलो पक्की भवनमा रहेको स्वासथ्य चौकी र त्याहा कार्यरत तालिम प्राप्त स्वास्थ्य का कर्मचारी अहिले बरदान साबित बनेका तिनै भटराई र अधिकारी दुबै स्वीकार्छन। बिश्व स्वासथ्य संगठन को बिबिध चरणका सभाहरुमा उठाईएका अवधारणाहरुको  कार्यन्वयन स्वरुप नै यो अकल्पनिय सुुधार भएको हो  ।                                    आज अप्रिल ७ तरिक ,बिश्व स्वास्थ्य दिवस (world health day) अथवा  सबैका लागि स्वास्थ्य सेवा पुर्याउन भुमिका खेल्ने  बिश्व स्वास्थ्य संगठनको कार्य थालनी भएको दिन । बिश्व स्वास्थ्य  संगठनको  स्थापना भएको दिन बिश्वभर नै स्वास्थ्य सम्वन्धि उपलब्धिको कारक बिश्व स्वास्थय संगठन को निस्वार्थ कार्य नै  हो भनेर बुझ्नेहरुले बिभिन्न कार्यक्रम सहित सम्पन्न गर्दैछन । प्रत्येक बर्ष अंग्रेजि क्यालेन्डर अनुसार अप्रिल सात तरिकका दिन मनाईने विश्व स्वासथ्य दिवस मा बिश्व स्वास्थ्य  संगठनले यो पटक २०१९ का लागि  “स्वास्थ्य सेवामा सर्बब्यापि पहुच ,सबैका लागि स्वास्थ्य”  भन्ने महत्वपुर्ण र  बिशेष अर्थ राख्ने  नारा अगाडि सारेर मनाउदै छ।  विश्व स्वास्थ्य  संगठन यस्तो स्वास्थ भिजन दिने  शक्तिशालि  संस्था हो जसले  स्थापना सगै  बहुचर्चित १९७८ सेप्टेेेेम्बर (६-१२  )को अल्मा आटा सम्वेलनले बिश्वभरका जनताको स्वास्थ्य रक्षाका निमित्त   ‘सबैका लागि स्वास्थ्य ‘ भन्ने  महत्वकाक्षी योजना र भिजन दिलायो,उत्प्रेरित गर्यो अनि यहि अनुसारका कार्यक्रमहरु लिएर बिशश्वभर का मुलुक लाई सक्रिय रहन आवाहान गर्यो  भने सबैका लागि स्वास्थ्य सेवा अनिवार्य हुन भन्ने सन्देस दिदै सो कार्यन्वयन गर्ने  घोषणा  ।

  ( सन्दर्भ :- बिश्व स्वस्थ्य दिवस )

  नेपालको परिपेक्षमा हेर्ने हो भने  बिश्व स्वास्थ्य संगठनको अवधारणा कै कार्यन्वयन को उपज अहिलेको अवस्था हो । सिटामोल समेत नभेटिने  र केही स्वासथ्य समस्या पर्दा प्राथमिक उपचार समेत नपाउने अवस्था रहेको भटराई र अधिकारिका जस्ता  हाम्रा ग्रामिण भेक बिश्व स्वास्थय संगठनकै अवधारणा  लाई पछ्याउदै प्रत्येक गाबिस र नगरपालिका मा  एक एक स्वासथ्य चौकी अनि ईलाका स्तरिय प्राथमिक स्वास्थ्य केेेेन्द्र  अनि अरु संरचना को स्थापना  हुन पुगे।   सबैका लागि स्वास्थ्य भन्ने नाराले मात्र शैक्षिक स्तर माथि नउक्सिएको   हाम्रो जस्तो प्रतिनिधिमुलक समाजले आफ्नो राज्यले दिएको अवसरको प्रयोग गर्न हिचकिचाउछ,  त्यसको खोजेर समुचित प्रयोग गर्न सक्दैनन् र जान्दैनन् भन्ने निर्कर्षले सन २००० मा अवुजा सम्वेलन भयो ।  अवुजा घोषणा पत्र जारी भयो । जसले “Reaching the Unreach” अथवा पहुच नभएका हरु सम्म पुग्ने भन्ने कन्सेप्ट को बिकास गर्यो ।घोषणापत्र जारी गर्यो ।त्यसकै फल स्वरुप नै    प्रत्येक गाउ गाउ र टोल टोल टोलमा रहेको सुबिधा सम्पन्न संरचना र सेवाहरु बिस्तार भए।

    बिश्व स्वास  स्वासथ्य  संगठन (World Health Organization) प्रत्येक रास्ट्को स्वास्थ्य मा समृद्दि ल्याउन खाका तयार पारिदिने मातृ बिधालय नै हो ।यसको पढाई को प्रयोग बिश्वका सबै राास्ट्हरुले गर्ने गर्दछन् भने यसले बिज्ञहरुको बिशेष अध्ययन बाट बश्वासिलो तथ्यको उजागर गर्ने महत्वपु्र्ण कार्य गर्दछ। पहिले पहिले   मानिसहरु सेवा नपाएर पिडित भएका थिए तर अहिले सेवाको प्रयोग गर्न नभ्याएर , लजाएर र प्रयोग गर्न नजानेर स्वासथ्य सेवा बाट बन्चित हुनु परेको तथ्य सगै पहुच नभएका को सम्म  पुग्ने (रिचिङ द अनरिच) घोषणा सहितको  अबुजा सम्वेलनले  ले सबै का लागि स्वास्थय (हेल्थ फर अल) भन्ने बिश्व स्वास्थ्य संगठन द्दारा जारी अल्मा आटा  ग्लोबल कन्सेप्ट को लक्ष पुरा गर्न लागि परिरहेको छ। सावुन पानीले राम्ररि हात धुने बानी बसालौ, हरियो साग सब्जि खाउ, दिसा पिसाब  बाहिर फेरो नगरौ, सफा पानि पिउने बानी बसालौ जस्ता सचेतनामुलक रेडियो बिज्ञापन सुनेकाहरु हामी नै हौ । समय परिबर्तनशिल छ। हाम्रो अहिले चेतनाको स्तर परिवर्तित छ हामी आधुनिक र शिक्षित बिश्वलाई हेर्ने नजर ले नै हामिलाई हेेेेरियोस भन्नेे चाहान्छौ ।           बिश्ववलाई छाडेर नेपाललाई नै हेरौ ।नेपाल नया संरचना मा ढालिएको छ। स्थानिय निकाय हरु स्थानिय तहमा रुपान्तरित भएका छन। वडाहरु मिलाईएका छन  गाभिएका छन्।नगरपालिका र गाउपालिका का नया संरचना खडा हुदा गा वि स हरु वडा  मा रुपान्तरित भएका छन भने एक वडा अर्कै नगर र गाउ पालिका बन्न पुगेका छन । त्यसैले प्रत्येेक टोल टोल मा  स्वास्थ्य पहुचका निमित्त नेपाल सरकारले सामुदायिक स्वास्थय ईकाई स्थापना गरि स्वास्थय सेवा मा पहुच पुगोस भन्ने  सकारात्मक भाव लिएको बुझिन्छ।यो बर्षको नारा “स्वास्थ्य सेवामा सर्वब्यापि पहुच ”  भन्नाले  सेवा बाट टाढा रहेका हरुलाई समेट्नका निमित्त रिचिङ द अन रिच अवधारणालाई समेट्न हुनु पर्दछ भन्ने नै हो र यसैलाई नेपाल सरकारले आत्मासाथ गर्दै यहि  २०७५/०७६ को कार्यक्रम अन्तर्गत १२१० वटा नया सरचना मा मिल्ने गरि आधारभुत स्वास्थ्य केन्द्र नामाकरण गर्दै निर्माण र स्थापनाका निमित्त बजेट सहित काम अगाडि बढाई  सकेको छ भने थप १३०० वटाका निमित्त प्रस्ताव गरिएको र यो समेत  पास भईहाल्ने  र माग पुरा हुने बुझिएको छ। त्यस्तै सबैका लागि स्वास्थ्य भन्ने बिश्व स्वास्थ्य संगठनको मुल मर्मलाई समेत यसै कृयाकलापले नेपालको सन्दर्भमा छोएकै मान्नु पर्दछ। त्यस्तै    नेपाल भर नियमानुसार स्तरोन्ति का पर्खाईमा  रहेका जम्मा ७५३ वटा प्राथमिक स्वासथ्यकेन्द्र  लगायतका स्वाः सरचनाहरु मध्ये २१३ वटा ले सुबिधा सम्पन्न बनेर पच्चिस बेडेड अस्पताल संचालनार्थ सस्तरोन्ति भई सकेका छन भने हाम्रो झापा जिल्ला मा    प्रााथमिक स्वा केन्द्र,शिवगन्ज बाहेक सबै पाचै वटा  स्तरोन्नति मा परिसकेका छन । यसरी बिश्व स्वास्थ्य संगठनको स्वास्थ्य सेवामा सर्वव्यापि पहुचको अवधारणा नेपालमा लागु भएको सबैले स्वीकार गर्नु पर्दछ भने आगमी दिनमा यसलाई कायम राख्दै स्वास्थ्य सेवाको अधिकतम प्रोयोग गर्नेे या या उपयोग ..!

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com