२९ जनाको जग्गा अधिग्रहण गर्न साढे १३ करोड खर्च

बिर्तामोड,  चन्द्रगढी विमानस्थलको विकास तथा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको विकास तथा विस्तारको क्रममा नागरिक उड्ययन कार्यालय चन्द्रगढी झापाले धावन मार्गको पूर्व तर्फको करिव साढे ११ विगाह जमिन समेत अधिग्रहण गरेको छ ।
हालसम्म जमिन अधिग्रहणका लागि १३ करोड २४ लाख २५ हजार एक सय ६० रुपैयाँ रकम बरावरको २९ जनाको जमिन खरिद गरिसकिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख (प्रवन्धक)पूर्ण चुडालले जानकारी दिए । ३ करोड ८० लाख रुपैयाँ वरावरको जमिन अधिग्रहणको क्रममा रहेको र ४ जनालाई केही दिन भित्रै रकम भुक्तानी गर्ने चुडालले बताए । उनले भने– ‘अरु तीन जनाको जमिन अधिग्रहण गर्ने तयारी गरिएको छ । सवै जमिन अधिग्रहण गर्दा विमानस्थलको नाममा ६२ कित्ता जमिन थपिन्छ ।’
रात्रीकालिन सेवा समेत शुरु गरेको चन्द्रगढी विमानस्थलले हाल धावन मार्गलाई थप स्तरोन्नतिको काम अघि बढाएको छ । विमानस्थलमा नाइटफ्लाइटका लागि थप उपकरण जोड्ने कार्य जारी रहेको बताउँदै आगामी दिनमा अन्तराष्ट्रिय उडानका लागि पहल थालिएको चुडालको भनाई छ । चन्द्रगढी विमानस्थललाई थप नियमित , सुरक्षित र भरपर्दाे बनाउन हामी जुटेका छौं चुडालले भने – चन्द्रगढी विमानस्थल काठमाडौंपछिको धेरै देशका पर्यटक आवागमन गर्ने विमानस्थाल हो यसलाई थप व्यवस्थित गर्ने जिम्मा हामीसवैको हो । ’
चन्द्रगढी विमानस्थाल भएर नेपाल सहित भुटान, वंगलादेश, वर्मा , भारत लगायतका दैनिक हजार वढी यात्रुले उडान भर्ने गरेको बताउँदै उनले भने – पोखराको उडान थपिएको खण्डमा यो विमानस्थालमा यात्रुको चाप झन बढेर जान्छ ।’
पाँच हजार भिजिविलिटमा मात्रै जहाज अवतरण गराईदै आएको विमानस्थालले रात्रिकालिन उडान भर्न शुरु गरेसंगै २ हजार दुई सय भिजिविलिटीमा जहाज अवतरण गराउँदै आएको र त्यसलाई समेत घटाएर एक हजार तीन सय भिजिविलिटमा पु¥याउनका लागि काम भइरहेको प्रवन्धक चुडालको भनाई छ । हाल पाँच विमान कम्पनीका जहाजले सेवा दिइरहेको बताउँदै चुडालले भने –‘ दुई महिना भित्र पोखराका लागि उडान भर्ने तयारी सहित काम अघि बढेको छ पोखराका लागि सिधै उडान भर्न थालेसंगै आन्तरिक तथा वाह्रय पर्यटकको चाप बढ्ने अपेक्षा गरिएको छ ।’
झापा सहित चार जिल्लाका लागि एक मात्र भरपर्दाे विमानस्थालका रुपमा चिनिएको चन्द्रगढी विमानस्थालले जग्गा अधिग्रहणको काम सम्पन्न गरेसंगै विमानस्थालको स्तरोन्नति गरिएपछि विमानस्थाललाई समेत थप सहज हुने उनको भनाई छ । हाल विमान राख्नका लागि ठाउँको तयारीमा जुटेको चुडालले बताए । तीन वटा जहाज राख्ने ठाउँ तयार गरैसंगै ं पोखरा सहित भैरहवा र नेपालगञ्जका लागि समेत उडान भरिने उनको भनाई छ ।
अन्तराष्ट्रिय उडानका लागि समेत कलकत्ता, वंगलादेशको राजधानी ढाकाका लागि सम्भाव्यता अध्ययन भइरहेको बताउँदै चुडाल भन्छन– ‘अन्तराष्ट्रिय उडान भर्न सकेको खण्डमा अझ भापा सहित पूर्वको पर्यटन विकासमा टेवा पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com