सुमन बने मिस्टर मेची

बिर्तामोड , ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू दोस्रो मिस्टर मेची भएका छन् ।

बडी ग्यारेज बिर्तामोडले आयोजना गरेको मिस्टर मेचीको दोस्रो संस्करणको उपाधि ग्यालेक्सीका सुमनले हात पारेका हुन् ।

शनिबार राति अबेर सम्पन्न फिनाले राउण्डमा गोलधाप निवासी ग्यालेक्सीका सुमनले ७० केजी तौल समूहबाट ओभरअल विजेता बन्दा नगद ५० हजारसहित विभिन्न गिप्mट ह्याम्पर पाए ।

लिम्बूले पाँच वटा तौल समूहका विजेतालाई पराजित गरेका थिए । प्रतियोगितामा २५ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com