आदिवासी जनजातिको अधिवेशन सुरुङ्गामा

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

 

सुरुङ्गा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको छैठौं जिल्ला अधिवेशन झापा सुरुङ्गामा हुने भएको छ ।

सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा चैत (२६–२७) मा हुने २ दिने सो अधिवेशनमा झापाका २२ वटा आदिवासी जनजातिका २२ जना प्रतिनिधिको सहभागिता रहने जिल्ला परिषद् सदस्य एवम् अधिवेशनका आर्थिक समितिका संयोजक भरतकुमार श्रेष्ठले जानकारी दिए । अधिवेशनमा नेवार, तामाङ्ग, राई, गुरुङ्ग, मगर, माझी, कुमाल, ताजपुरिया, लिम्बू, भुजेल, थारु, याक्खा, थामी, सन्थाल, राजवंशी, धिमाल, मेचे, दनुवार, किसान, गनगाई, शेर्पा र दनुवारको आधिकारिक प्रतिनिधित्व रहने छ भने झाँगड, मुण्डा र खडियाको दर्ता प्रक्रियामा रहेको जनाइएको छ । अधिवेशनले अध्यक्ष १ जना, एक महिलासहित उपाध्यक्ष ३ जना, सचिव १ जना, एक महिलासहित सहसचिव ३ जना र कोषाध्यक्ष १ जना गरी ९ सदस्यीय सचिवालय गठन गर्ने छ र बाँकी सबै जातिका प्रतिनिधिहरु सदस्य रहने छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रम विभिन्न जातिका जातीय भेषभुषाका साथ झाँकी प्रदर्शनसहित सम्पन्न हुनेछ । कार्यक्रममा जिल्लाभरिका १ हजार बढीको सहभागिता रहने र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय परिषद्का अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य, सबै जातीय संस्थाका जिल्ला अध्यक्षहरु, पूर्व अध्यक्षहरु र आदिवासी जनजाति आन्दोलनमा सहयोग पु¥याउने विशिष्ट व्यक्तित्वहरुको आतिथ्य रहने आयोजक मध्येका एक नेवाः पुचः सुरुङ्गाका पूर्व अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here