कलेजो रोगी कल्पनालाई सहयोग

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

दमक , झापा ,दमक १ वस्दैआएकी कलेजो रोगी कल्पना योङहाङ्गलाई कमल– ५ स्थित नन्द चन्द्रकुमारी आङ्गदेम्बे स्मृति प्रतिष्ठानले सहयोग प्रदान गरेको छ । विरामीको उपचारमा सहयोग पुरयाँउन प्रतिष्ठानले १२ हजार ५ सय सहयोग प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गणेश आङ्गदेम्बेले बताए ।
बुबा नन्द केशर र आमा चन्द्र कुमारी आङ्गदेम्बेको स्मृतिमा गठित प्रतिष्ठानले दुवै पितृको बार्षिकीको अवसर पारेर आइतबार विरामीको घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम प्रतिष्ठानका अध्यक्ष,उपाध्यक्ष ललीत वान्तवा, सचिव विष्णु आङ्गदेम्बे,सहसचिव देवी आङ्गदेम्बे, सदस्य पदमकुमारी राईसहित प्रतिष्ठानका परिवारले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
यसैगरि सोहि अवसरमा दमक ८ निवासी सामाजिक अगुवा शान्तकुमारी केरुङ्गले नगद ५ हजार र प्रतिष्ठानका सदस्य तुलसी तिवारीले समेत नगद १ हजार सहयोग रकम प्रदान गरेको विरामीको उपचार अभियानमा संलग्न जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here