एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

दमक , झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि हासिल गरेको हो । झापाले २५–२२,२२ –२५,२८ –२६ र २५–१७ को सेटमा पराजित गर्दै झापाले प्रदेशस्तरिय स्थानीय तह भलिवल प्रतियोगिताको उपाधि जितेको हो ।
जित संगै विजेताले नगद ५० हजार, उपबिजेताले २५हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आजै भएको सेमिफाइनलमा खेलमा भने झापाले पथरी शनिश्चरे र गौरादहले कन्काई नगरपालिकालाई पराजित गरेर फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
प्रतियोगिताको म्यान अफ दि सिरिजबाट झापाका खेलाडी रोहित शिवाकोटी (माईला) पुरस्कृत भए । प्रतियोगिताको समापनमा भलिवल खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँए वापत राष्ट्रिय रेफ्रि दमकका शैलेन्द्र श्रेष्ठसहित समाजसेवी गणेश बस्नेतलाई सम्मान समेत गरिएको थियो ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमकी प्रमुख अतिथि संघीय संसदकी सदस्य महेन्द्रकुमारी लिम्बु,कमल गाँउपालिकाका उपाध्यक्ष वेणु शिवाकोटी,सामाजिक व्यक्तित्व ढुण्डिराज भण्डारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
मोफसलमा भलिबलका खेलाडीहरु उत्पादन गर्न सघाँउ पुरयाँउने उद्देश्यले क्लवले यसवर्ष प्रदेश १ का स्थानीय तहबीच भलिवल प्रतियोगिताको आयोजना गरिएको आयोजक सगुन युवा क्लवका अध्यक्ष देवेन्द्रराज आङ्गदेम्बेले जानकारी दिए । एक नम्बर प्रदेशका झापा ,मोरङ, सुनसरी र इलामका बिभिन्न १५ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत चैत २१ गतेदेखि २४ सम्म सञ्चालन भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here