पिपल र ग्रामथानको संरक्षण गरिदैँ

३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोड–२ कच्छुबारीमा रहेको ऐतिहासिक पिपलको रुख र ग्रामथानको संरक्षण एवम् सम्बद्र्धन गर्न त्यस क्षेत्रमा मन्दिर र ग्रामथानको निर्माण गरिएको छ ।

उक्त स्थानमा रहेको पिपलको रुख दुई सयवर्षभन्दा पुरानो रहेको र त्यहाँ रहेको ग्रामथानमा साक्षात भगवती कालीको बास रहेको भन्ने जनविश्वासले त्यहाँ मन्दिर र ग्रामथानको निर्माण गरिएको हो ।

जग्गादाताहरु राजकुमार–मिना पोखरेल, ओमभक्त–दीपालक्ष्मी प्रसाईं, सुरेश–कान्ता वंशल, शिव–मनिका अग्रवाल, शेखर–आशा ढकाल, बालकृष्ण–रक्षा पोखरेल, मेघराज–सुनिता बास्तोला, र प्रमेश–अनिता हलवाईले मन्दिर र ग्रामथान निर्माण गरेका हुन् ।

उक्त मन्दिरमा गत रामनवमीमा वैदिक विधिपूर्वक भगवान शिव, गणेश र दुर्गाको मूर्ति समेत प्राणप्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
जग्गादाताहरुले वीरता जेसीजलाई सभागृह बनाउनका लागि तीन कठ्ठा जग्गा समेत प्रदान गरेको जग्गादाता मध्येका वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए ।

ऐतिहासिक ठाउँहरुको संरक्षण एवम् सम्बद्र्धन गर्नका लागि मन्दिर र ग्रामथान निर्माण गरेको बताउँदै जग्गादाता पोखरेलले उक्त स्थानमा सत्संग भवन समेत निर्माण गरिने लक्ष्य रहेको बताए ।

त्यस्तै त्यहाँ पञ्चमुखी हनुमानको मूर्ति समेत स्थापना गरेर त्यस क्षेत्रको नाम मारुतीनगर राखिएको अर्का जग्गादाता बालकृष्ण पोखरेलले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here