झापामा सिरुवाको रौनक

३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

झापाका राजवंशी, ताजपुरिया, माझी, गनगाई, चौधरीलगायतका आदिवासी समुदायले सिरुवा मनाएका छन् । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन बैशाख १ गते जिल्लाका आदिवासी समुदायले हर्षोल्लासका साथ ‘पानी सिरुवा’ मनाएका छन् भने दोस्रो दिन काद सिरुवा मनाएका छन् ।

सिरुवा कनकाई नगरपालिकाको घैलाडुब्बा, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका– १ कुञ्जिबारी लगायतका स्थानमा सामुहिक मनाइएको छ । झापाको कनकाई नगरपालिका–९, घैलाडुब्बामा सामुहिक पानी सिरुवा मनाइएको छ । कोचिला गाभुर फ्रन्ट कनकाई नगर समितिको आयोजनामा लाइभ कन्सर्टसहित पानी सिरुवा कार्यक्रमको आयोजना गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । युवा पुस्तालाई पर्वबारे आकर्षित गर्न तथा जानकारी पस्किन सामूहिक रुपमा पानी सिरुवा खेल्ने कार्यक्रम आयोजना गरेको उनले बताए ।

आदिवासी समुदायहरुको प्रमुख चाडको रुपमा मनाइने सिरुवामा पहाडे समुदायले पनि उत्तिकै साथ दिएका छन् । घैलाडुब्बा टेकनारायणबारीमा आयोजना गरिएको कार्यक्रममा कोच आदिवासी राजवंशी समुदाय र पहाडे समुदायले एकैसाथ एकआपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाएका थिए । कोचिला गाभुर फ्रन्ट कनकाई नगर समितिकी अध्यक्ष फागुनी राजवंशीको अध्यक्षता तथा कनकाई–९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोचिला गाभुर फ्रन्टका सल्लाहकार धर्मालाल राजवंशीले स्वागत गरेका थिए ।

घैलाडुब्बाको टेकनारायणबारीमा बिहान राजवंशी पुरुष तथा महिलाहरु जातीय पोशाक लगाएर पानी सिरुवा खेलेका थिए । ठूलाले सानालाई टाउकोमा पानी छ्यापेर आशीर्वाद दिँदै पानी सिरुवा मनाइएको थियो ।

कार्यक्रममा गायक बलबहादुर राजवंशी, राम राजवंशी, प्रजेश राजवंशी, गायिका पिंकी राजवंशीले पानी सिरुवा सम्बन्धी गीत प्रस्तुत गरेका थिए भने उक्त गीतमा कार्यक्रमका सहभागीहरुले पानी सिरुवा खेलेका थिए । त्यस्तै कलाकार लोकप्रसाद राजवंशी लगायतको समूहले सचेतनामुलक नाटक समेत प्रस्तुत गरेको थियो भने कोचिला महिला फ्रन्टका कलाकारहरुले आदिवासी समुदायका परम्परागत गीत र नृत्य ढोलसाना र घाटोसरी गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडासदस्य मुना सिवा, निर्माण व्यवसायी शेरबहादुर थापा, घैलाडुब्बा बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रधान, धनबहादुर तामाङ, लक्ष्मण ज्वेयल श्रेष्ठ, खड्ग राजवंशी, अरुण राजवंशी, रञ्जु प्याकुरेल, सञ्चारकर्मीहरु लगायतले समेत राजवंशी समुदायसँगै पानी सिरुवा खेलेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुलाई कोच समुदायको पहिचान झल्कने पहेँलो गाम्छा ओडाएर स्वागत गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई गाजी–मुरी र दालको बरी खुवाइएको थियो । कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले गरेका थिए ।

त्यसैगरी घाटोसरी महिला मूल समिति वाह्रदशीको आयोजनामा राजगढस्थित लिटलस्टार इङ्लिस स्कूलमा विविध सांस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाइएको छ । महिला मूल समितिकी अध्यक्ष सुकमति राजवंशीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र कटुवाल, वडा नम्वर ३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजनवंशी, कांग्रेस नेता दयानन्द गोश्वामी, भगीरथ पोद्दार, राजवंशी समाज विकास समितिका अध्यक्ष राजु राजवंशी, केन्द्रीय सदस्य कमल राजवंशी, नेपाल कमन्युष्टि पार्टीका ओमनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षा प्रेमी खड्गनारायण राजवंशी, खेलकुद क्षेत्रका फूलकुमार राजवंशी, ज्येष्ठ नागरिक महिला रामवती राजवंशी, जीतेनसरी राजवंशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा टोपेन्द्र राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्षमा कृष्णकली राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्णिमा राजवंशी र सुनिता राजवंशीले गरेका थिए ।

त्यस्तै कोच बुड प्रोडक्सनको आयोजनामा कोच बुड २०१९ फेसबुक फोटो प्रतियोगिता सम्पन्न गरिएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष धु्रव राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा कोच बुड २०१९ फेसबुक फोटो प्रतियोगिताका विजेता लुका राजवंशी र रसिका राजवंशीलाई नगद, प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रतिभा राजवंशी, सहसचिव स्याड सुवास राजवंशी, कोषाध्यक्ष हंस राजवंशी, वरिष्ठ सल्लाहकार हेमन्त राजवंशी, सदस्यहरु दुर्गा राजवंशी, मोहन राजवंशी, रवीन राजवंशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव हृदय राजवंशीले गरेका थिए ।
त्यस्तै कोचिला महिला फ्रन्ट कनकाई नगर समिति र घाटोसरी आयोजक समितिको संयुक्त आयोजनामा कनकाई नगरपालिका–९ घैलाडुब्बामा कोचिला सामुहिक घाटोसरी उत्सव सम्पन्न भएको छ ।

घाटोसरी आयोजक समितिका अध्यक्ष मिनाकुमारी राजवंशीको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अरुणोदय स्कुलका प्रिन्सिपल अरुण राजवंशीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रदेश सांसद हिराबहादुर थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई–९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीले सहभागी अतिथिहरुलाई हिलोको टीका लगाएर शुभकामना साटासाट गरेका थिए । सोही कार्यक्रम अन्तर्गत घाटोसरी पुजन कार्यक्रम सातसागी बैशागी खानेकुरा आदान–प्रदान लगायतका कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा स्थानीय राजवंशी महिलाहरुले नयाँ वर्षमा गरिने घाटोसरी पूजा समेत गरेका थिए ।कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार धर्मराज राजवंशीले गरेका थिए । कार्यक्रमअघि घैलाडुब्बा बजारबाट विरीङ नदीसम्म घाटोसरीको झाकी समेत प्रस्तुत गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here