सचिवले कीर्ते कागजात वनाएको थप रहस्य खुल्दै

१६ श्रावण २०७०, बुधबार मा प्रकाशित

पार्थ मण्डल 
भद्रपुर, साउन १६ । झापाको पथरिया गाउँ विकास समितिका गाविस सचिव रेवतीरमण रेग्मीले सरकारी किर्ते कागजातहरु बनाई काम गर्ने गरेको रहस्य एक पछि अर्को गर्दै बाहिर आउन थालेको छ ।
पूर्वाञ्चल राष्ट्रिय दैनिकमा साउन ९ गते घरमा बसेर तलव खान्छन पाथरिया गाविस सचिव भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि सोही दिन सचिव रेग्मीले कार्यालय समय भन्दा दुई घण्टा अगाडि कार्यालय गएर हाजिरीपुस्तिकामा तीन महिनाको हस्ताक्षर एउटै कलमबाट एकै दिन गरेको थप रहस्य बाहिर आएको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गत बर्ष आर्थिक हिनामिना गरेको भन्दै कानुनी कार्वाहीका लागि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय झापामा निवेदन हालेपछि चैत महिनादेखि गाविस सचिव रेग्मी कार्यालय आउन छाडेको उनीहरुकोे ठहर छ । पत्रिकामा समाचार प्रकाशित भएपछि आफनो प्रमाण जुटाउन लागिपरेका सचिव रेग्मीले हाजिरीपुस्तिकामा तीन महिनाको हस्ताक्षर गरेपनि सो समेत किर्ते नै प्रमाण फेला परेको छ । सचिव रेग्मीले २०७० बैशाख देखि असारसम्म हाजिरी गर्नु पर्नेमा आतिएर २०७० माघदेखि चैत महिनाको ठाउँमा हस्ताक्षर गरेको नेपाली कांग्रेसका जिल्ला सदस्य बेदनिधि भटटराईले बताए । उनले भने– आर्थिक हिनामिना गरेको विषयमा जिविस तथा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सचिव रेग्मी कार्यालय नगएर सेवाग्राहीहरुलाई घरमै बोलाएर काम गर्न लगाउँदै आएको उनको दावी छ । उनले थप्दै भने– गाविस रेग्मीसंग कुनै पनि व्यक्ति रिसइवी नभएकोले गाविसको कामकर्तव्य कानुनी बमोजिम हुनु पर्न स्थायीय बासीको माग रहेको बताए । पत्रिकामा सामाचार प्रकाशित भएपछि सोही विषयमा गाविस सचिवले साउन १४ गते शान्ति समितिको बैठक बोलाएर पत्रिकामा आएको समाचार झुठ र असत्य हो भनि निर्णय गराएपनि त्यो समेत आधिकारीक नभएको पाइएको छ । शान्ति समितिको बैठकमा भएको निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि भूमिप्रसाद राजवंशी, एमाओबादीका पथरिया इन्चार्ज केशवप्रसाद भटटराई, मधेशी जनाधिकार फोरम नेपालका दारासिह राजवंशी, नेकपा मालेका थानबहादुर थापा, राप्रपा नेपालका विरकुमार भटटाराई लगायतले खेद प्रकट गर्दै शान्ति समितिका बैठकमा सदस्यहरुलाई नै नबोलाइकन आफू नजिकको व्यक्तिहरुलाई बोलाएको र पत्रिकामा आएको समाचार सहि र सत्य भएको समेत निर्णय गरेको प्रमाणित कागजात देखाउँदै नेकपा मालेका थापाले बताए । एमाओबादीका पथरिया संयोजक केशव भटटराईका अनुसार गाविस सचिव रेग्मीले तीन महिनाको हाजिरी एकै दिन गरेको बताउदै स्थानीयलाई दुःख दिदै घर छेउमा बोलाएर रकम मागर काम गर्ने प्रवृति गलत रहेकोले यसको भण्डाफोर गर्न चेतवनी समेत दिनु भयो ।
जिल्ला विकास समिति झापाले गत २०६९ साल भदौ महिनादेखि पथरिया गाविस सचिवकोे जिम्मेबारी दिएर पठाएका सचिव रेवतीरमण रेग्मीको कतुर्त एकपछि अर्कौ गर्दै बाहिर आउन थालेपछि उनी आफ्नो नजिकको मान्छे, पार्टी कार्यकर्ता र चिनजानका पत्रकारहरु समक्ष जाने थालेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।