१९ श्रावण २०७०, शनिबार मा प्रकाशित

सुरुङ्गा, साउन १९ । आज साउन २० गतेदेखि हुने २०६९ सालको एसएलसी पुरक परीक्षा शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले जनाए अनुसार झापामा जम्मा ७ वटा परीक्षा केन्द्रमा परीक्षा संचालन भएको छ । परीक्षा कनकाई उच्च मा.वि.सुरुङ्गा, देवी उच्च मा.वि.विर्तामोड, महेन्द्र–रत्न उच्च मा.वि.अनारमनी, वीरेन्द्र उच्च मा.वि.चन्द्रगढी, सरस्वती उच्च मा.वि.दमक,शहीद दशरथ चन्द उच्च मा.वि.चारआली र पृथ्वी नि.मा.वि.दमक रहेका छन् । केन्द्राध्यक्षहरुलाई परीक्षा सम्बन्धी अभिमुखीकरण गरी कार्यक्षेत्रमा पठाइसकिएको जिल्ला शिक्षा कार्यालय झापाका परीक्षा शाखा प्रमुख उपसचिव अशोक कालाखेतीले जानकारी दिनुभयो । कनकाईमा ईश्वरीप्रसाद शिवाकोटी, देवीमा वीरेन्द्रकुमार गुप्ता, महेन्द्ररत्नमा मोहनप्रसाद ओली, वीरेन्द्र चन्द्रगढीमा टंकनाथ पाण्डे, सरस्वतीमा दिलिपकुमार श्रेष्ठ, शहीद दशरथमा रमेशकुमार सापकोटा र पृथ्वी निमाविमा राजन सुवेदीलाई केन्द्राध्यक्ष तोकिएको जिशिका झापाका विद्यालय निरीक्षक दिनेश आचार्यले बताउनुभयो । २७ गतेसम्म सञ्चालन हुने उत्त परीक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था तथा बाह्य निरीक्षण समेत खटाइएको छ ।  यस पटकको परीक्षामा परिचय–पत्र नभएका सरोकारदेखि बाहिरका व्यक्तिलाई परीक्षा केन्द्रमा प्रवेश गर्न पुरै रोक लगाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।