आत्म निर्भर बनाउन भद्रपुर जेसीजद्धारा तालिम

१९ श्रावण २०७०, शनिबार मा प्रकाशित

भद्रपुर, साउन १९ । यूवा वर्गहरुलाई आत्म निर्भर बनाउने उदेश्यले उत्प्रेरण सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम आज भद्रपुरमा सम्पन्न भएको छ ।
भद्रपुर जेसीजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अहिलेका युवाले चाहेर पनि केही गर्न नसकिरहेको अवस्थामा उनीहरुलाई भविष्य निर्माण गर्ने उदेश्यले सो तालिमको दिएको जनाइएको छ ।
भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेललेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सन्देश दाश श्रेष्ठले भद्रपुर, चन्दगढी क्षेत्रबाट सहभागी भएका एकसय बढी युवालाई उत्प्रेरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा वोल्दै उनले युवाहरुको क्षमतालाई समयमा प्रयोग गर्न सकियो भने जेसजले अगाडि सारेको आस्था पुरा हुने धारणा राखे । कार्यक्रममा भद्रपुर जेसिजका पूर्व अध्यक्षहरु गोविन्दचन्द्र क्षेत्री, बासु न्यौपाने, जय तिम्सिना, निरज पोखरेल, सुरुङा जेसीजका अध्यक्ष जनक कार्कीले लगायतको आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक महेश न्यौपानेले राखेका थिए भने कार्यक्रमको सञ्चालन महा सचिव विजय तिम्सिनाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।