१० बर्षीया बालिका बलात्कृत

२० श्रावण २०७०, आईतवार मा प्रकाशित

वर्दिया,साउन २० । बर्दिया दश वर्षकी बालिका बलात्कृत भएकी छन् । घरमा कोही नभएको मौका पारी जमुनी १ फुटाहाका १८ वर्षका विजय तामाङले जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।

पीडित बालिकाका अभिभावक घरमा आउन साथ बालिका चिच्याएपछि बलात्कार भएको खुल्न आएको हो । घटना लगत्तै स्थानीयबासिनदाले तामाङलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

थप अनुसन्धानका लागि पीडित बालिका र तामाङलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको प्रहरी सहायक निरीक्षक देउबहादुर चन्दले जानकारी दिए । पछिल्ला केही महिना यता बर्दियामा बलात्कारका घटनामा बुद्धि भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।