झापामा लागू औषध प्रयोगकर्ताको संख्यामा वृद्धी

२० श्रावण २०७०, आईतवार मा प्रकाशित

सुरेन्द्र भण्डारी
विर्तामोड,साउन २० । झापामा लागू औषध प्रयोग कर्ताको संख्यामा प्रत्येक वर्ष वढोत्तरी हुँदै गएको पाईएको छ ।
मानव अधिकार वातावरण र सामुदायिक विकास केन्द्र हुरेक्ड झापाले लागू औषधको वढ्दो प्रयोग र सुरक्षा तथा कानुनी शासनमा प्रभाव विषयक न्याय तथा सुरक्ष संवाद कार्यक्रममा अधिवक्ता भीम वरालले प्रस्तुत गरेको कार्यपत्रमा यस्तो जनाइएको छ । यूनाइटेड स्टेट्स इन्स्टिच्यूट अफ पिसको सहकार्यमा भएको कार्यक्रममा अधिवक्त वरालले प्रस्तुत गरेको कार्यक्रममा १४ देखि ३५ वर्ष उमेर समूहका युवाले वढीमात्रामा लागू औषध सेवन गर्ने गरेको र झापामा तीन हजार ६ सयको हाराहारीमा यसका प्रयोग कर्ता रहेको जनाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यलय झापामा आर्थिक वर्ष २०६७÷०६८ मा २९ वटा मुद्दा दर्ता भएको तथा ०६८÷०६९ मा ३२ र ०६९÷मा ८३ वटा दर्ता भएको कार्यपत्रमा उल्लेख छ । त्यसैगरी झापाको विर्तामोड, सैनिक गरामनी, शनिश्चरे तथा चारपाने गाविस क्षेत्रमा मात्रै तीनसय १२ जना लागूऔषद प्रयोग कर्ता रहेको जनाइएको छ । अधिवक्ता वरालद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा दमक, विर्तामोड, भद्रपुर, र काँकरभिट्टामा मात्रै एक हजार एक सय मानिस सिरिन्ज प्रयोग गरेर लागू औषद सेवन गर्ने गरेका छन् । जस मध्ये छ सय जना लागू औषध प्रयोक कर्ता लागू औषध नियन्त्रणको क्षेत्रमा काम गर्ने संस्थाको सम्र्पकमा आउने गरेको वर्ताइएको छ । झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष ०६८÷०६९ मा लागू औषध सम्वन्धी आठ वटा मुद्दा दर्ता भएको र आर्थिक वर्ष ०६९÷०७० मा एघारवटा मुद्दा दर्ता भएको जनाइएको थियो । यो अघिल्लो आर्थिक वर्षको भन्दा वढी हो ।
विश्वमा अफिम उत्पादनको ९० प्रतिशत हिस्सा वोकेको अफगानीस्तानवाट स्थलमार्ग हुदैँ नेपालमा लागू औषध भित्रने गरेका कारण लागू औषध प्रयोग कर्ताको संख्यामा झापा देशकै तेस्रो स्थानमा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यूनाइटेड स्टेट्स इन्स्टिच्यूट अफ पिसका सल्लाहकार शोभाकर वुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मानव अधिकार वातावरण र सामुदायिक विकास केन्द्र हुरेक्डका अध्यक्ष नारायण प्रसाद भट्टराईले गर्नु भएको थियो । हुरेक्ड नेपालका उपाध्यक्ष डम्वर वस्नेतले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका उपाध्यक्ष रुपक खनाल, मानव अधिकार संजालका लालराज सुवेदी, एड्भोकेशी फोरमका दीपक निरौला,वुद्धिजिवी परिषदका पूर्णमना लावती, शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, नेकपा एमालेका जिल्ला सदस्य घनश्याम अधिकारी, एकल महिला समूहकी गीता वुडाथोकी,इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी रविन्द्र केशी, परिवार दलका झापा अध्यक्ष मेदनी प्रसाई, रवीन तामाङ लगायतले वोल्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।