पाँचथर प्लाष्टिक मुक्तसंगै ल्याण्डफिल्ड साईड बन्ने

२१ श्रावण २०७०, सोमबार मा प्रकाशित

नरेन्द्र रिमाल
पाँचथर, साउन २१ । पाँचथर जिल्लालाई प्लाष्टिक झोला मुक्त जिल्ला बनाइने भएको छ । अभियान अन्तर्रगत सदरमुकाम फिदिमलाई आगामी कात्तिक मसान्त भित्र प्लाष्टिक झोला मुक्त बनाइने भएको हो । अभियान सफल पार्न सिम नेपाल आयोजनाले आर्थिक र प्राविधिक सहयोग गर्ने भएको छ । समितिमा जिल्ला विकास समिति, गैर सरकारी सस्था महासंघ पाँचथर , फिदिम गाँउ विकास समिति र जिल्ला उर्जा तथा वातावरण साखा सदस्य छन् ।
सदरमुकाम क्षेत्रमा दैनिक उत्पादन हुने फोहोरको उचित ब्यवस्थापन हुन सके अभियान थप प्रभावकारी वन्ने फिदिम गाबिस कार्यालयले जनाएको छ । फिदिम बजारमा मात्रै दैनिक तीनदेखी चार टन फोहोर निस्कने गरेको छ । फोहोरको उचित ब्यवस्थापनका लागि भनेर नै फिदिम ५ थाक्लेमा ४८ रोपनी जमिन खरिद प्रकृया सकिएको छ । १५ लाखको लागतमा खरिद सम्पन्न सो स्थानमा ल्याण्डफिल्ड साईड निमार्णको तयारी भईरहेको छ ।
। जिल्ला बिकाश समितिका योजना अधिकृत गोपाल लिम्बूका अनुसार फोहोर ब्यवस्थापनका लागि भनेर करिव ८० रोपनी क्षेत्रफल आवस्यक हुन्छ । जुन सदरमुकाममा बसोबास गर्ने करिव १ लाख जनसंख्यालाई धान्ने गरी हुन्छ । हाल सदरमुकाममा ३० हजार जनसंख्या रहेको छ ।
अभियानको पहिलो चरणमा फिदिम बजार क्षेत्रमा स्टक रहेका प्लाष्टिक यथासिघ्र प्रयोग गरिसक्न, नयाँ झोला आयात नगर्न र प्लाष्टिकका झोला प्रयोगमा न्युनिकरणका लागि बजार जाँदा घरबाटै झोला लैजान उपभोक्तासम्म सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।